मलेशियामा ‘लकडाउन’ थपिन सक्ने

कोभिड १९ को संक्रमण फैलिन नदिन मलेशिया सरकारले गरिरहेको लकडाउनको अवधि बढ्न सक्ने भएको । अप्रिल १४ सम्मका लागि जारी लकडाउनको समयावधि बढ्ने वा नबढ्ने भन्ने घोषणा आज (शुक्रवार) मलेशियाका प्रधानमन्त्री मुहियाद्दिन यासिनले गर्ने मलेशियाका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रवार अपरान्ह ४ बजे प्रधानमन्त्रीले सम्वोधन गर्ने बताइएको छ ।

विहिवार नै सेलेंगर प्रहरीले लकडाउनको समयावधि करिव करिव थपिने बताइसकेका छन् । सेलेंगर प्रहरी प्रवक्ता ईस्माली मुस्लिमले पत्रकार सम्मेलनमा हालको लकडाउन जारी हुने लगभग तय रहेको बताएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।

यो पनि पढ्नुहोस् महामारी पछिको संकटः नेपालले गर्नुपर्ने तयारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: