दैनिक ज्यालादारी र श्रमिक आपूर्तिकर्ता मार्फत काम गर्ने श्रमिकलाई ज्याला वा राहतः ह्वीन

औपचारिक क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी र श्रमिक आपूर्तिकर्ता अन्तर्गत सेवारत श्रमिकहरुलाई ज्याला वा राहत सुविधाको व्यवस्था गर्न समग्र उद्योग ट्रेड यूनियन नेपाल (ह्वीन) ले माग गरेको छ । जिफन्टको घटक यूनियन ह्वीनले विषम परिस्थीतिमा कार्यरत श्रमिकलाई प्रोत्साहन दिन औद्योगिक श्रमिकहरुका लागि प्याकेज घोषणा गर्न पनि माग गरेको हो ।

ह्वीनका केन्द्रीय अध्यक्ष आनन्द थामीले एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक सामग्री उत्पादन गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण रोजगारदाता तथा श्रमिकहरुलाई आव्हान गरेका छन् । उद्योगमै क्वारेण्टाइनको व्यवस्था सहित रोजगारदाताहरुले उद्योग सुचारु गरेको खण्डमा श्रमिकहरु काम गर्न तयार रहेको पनि ह्वीनले स्पष्ट पारेको छ ।

लकडाउन अवधिमा पनि अत्यावश्यक सामग्री उत्पादन गर्र्ने खाद्य र औषधिजन्य उद्योगहरु सञ्चालनमा रहेको भन्दै ह्वीनले उच्च जोखिम मोलेर भएपनि मानविय भावना सहित कार्यरत सम्पूर्ण श्रमिकहरुका लागि विश्व स्वास्थ्य संगठन(डव्लुएचओं) ले तय गरेको मापदण्ड अनुसारको आवश्यक सामग्रीको व्यवस्थापन गर्न माग गरेको छ ।

विषम परिस्थीतिमा पनि नेपाल सरकारले अवलम्वन गरेको सफल रणनीतिले नै मुलुकमा कोभिड १९ महामारीको संक्रमण फैलिनबाट रोक्न सफलता मिलेको भन्दै ह्वीनले सरकारले गरेको लकडाउनको समर्थन गर्दै स्वागत गरेको छ ।
यो पनि पढ्नुहोस् महामारी पछिको संकटः नेपालले गर्नुपर्ने तयारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: