कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण सन् २०२० को अप्रिल देखि जुनसम्ममा सवैभन्दा धेरै प्रतिशत खाडी क्षेत्रका मुलुकहरुमा रोजगारी गुम्ने अवस्था रहेको अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले जनाएको छ । संख्याका हिसावले भनें एसिया तथा प्यासेफीक क्षेत्रमा रोजगारी गुम्नेछ ।
कोभिड १९ का कारण रोजगारको क्षेत्रमा विनाशकारी क्षति हुने भन्दै आईएलओले विश्वव्यापी रुपमा यसअगाडीको तुलनामा ६ दशमलव ७ प्रतिशत कार्यसमय बरावरको रोजगारी घट्ने पूर्वानुमान गरेको हो । यो भनेको १ अर्व ९५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बरावर हुने आईएलओको निश्कर्ष छ ।
आईएलओले मंगलवार सार्वजनिक गरेको नयाँ रिपोर्ट अनुसार सवैभन्दा धेरै रोजगारी खाडी क्षेत्रमा गुम्ने छ । सो क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात ५० लाख व्यक्तिले पूर्ण समय काम गर्ने बरावरको रोजगारी गुम्नेछ । यसपछि युरोपमा ७ दशमलव ८ प्रतिशत अर्थात १ करोड २० लाख पूर्ण समय काम गर्ने श्रमिक बरावर र एशिया तथा प्यासेफीक क्षेत्रमा ७ दशमलव २ प्रतिशत अर्थात १ अर्व २५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बरावरको रोजगारी गुम्ने अवस्था रहेको छ ।
रोजगारीमा हुने कटौतीले सन् २००८–२००९ को आर्थिक मन्दि भन्दा बढी असर पार्ने आईएलओको अनुमान छ । यसले मध्यम आय भएका मुलुकहरुलाई बढी असर गर्ने देखिएको छ । विशेषगरी सेवा तथा खाद्य उत्पादन क्षेत्र, उद्योग लगायतका क्षेत्रमा बढी रोजगारी गुम्ने आईएलओको रिपोर्टमा उल्लेख छ ।
हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण समय वा आँशिक समय काम गर्नबाट वञ्चित छन् । यो विश्वको कुल श्रम शक्ति मध्ये ३ दशमलव ३ अर्व हो । कोभिड १९ का कारण सिर्जित समस्यालाई दोश्रो विश्व युद्द पछिको खराव अवस्थाका रुपमा यसअघि नै चित्रण गरिसकिएको छ ।
यो पनि पढ्नुहोस् कोभिड १९ विरुद्दको लडाईंः के हामी यी कुरामा सजग छौं ?
