श्रमिकको तलव कटौती गर्न पाईने व्यवस्था, साउदी सरकारले दियो अनुमति

एकातिर कोरोना भाइरस (कोभिड १९) को त्रास त छँदैछ । अर्कातर्फ आफू कार्यरत मुलुकले विदेशी श्रमिकको तलव कटौति गर्न सक्ने व्यवस्था गर्न थालेपछि आप्रवासी श्रमिकहरु दोहोरो मारमा पर्ने भएका छन् ।

साउदी अरेवियाका नीजि क्षेत्रका रोजगारदाताहरु जो कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका छन्, उनीहरुले श्रमिकको तलव तथा काम गर्ने समयावधि कटौती गर्न सक्ने भएका छन् ।

अरव न्यूजका अनुसार रोजगारदाताहरुले यसरी तलव कटौति गर्दा श्रमिकको सहमति लिनुपर्नेछ भनें उनीहरुको कटौती भएको तलव बरावरको काम गर्ने समयावधि पनि कटौती भएको हुनुपर्नेछ । तर रोजगारीका लागि परदेश पुगेका श्रमिकले आफ्नो असहमति रोजगारदातासँग राख्न सामान्यतया सक्दैनन् । यसैगरी उनीहरुले राखेको असहमति सम्वन्धित सरकारी निकायले गम्भीरतापूर्वक नलिने गरेको विगतको अनुभव छ ।

साउदीको मानव संशाधन मन्त्रालयले श्रमिकले आफूमाथि कुनै अन्याय भएमा मन्त्रालयको वेभसाईट, सामाजिक सञ्जाल लगायतबाट उजुरी गर्न सक्ने बताएको छ ।

यसअघि गत हप्ता संयुक्त अरव ईमिरेट्स (युएई) ले नीजि क्षेत्रमा काम गर्ने श्रमिकको तलव कटौती गर्न सक्ने निर्णय गरिसकेको छ । तर कतारले भनें कोरोनाको महामारीका नाममा श्रमिकको तलव कटौती गर्न नपाईने प्रष्ट पारेको छ ।

यो पनि पढ्नुहोस् नेपाली श्रमिक भन्छन्ः कि ‘लकडाउन’ गर, कि हामीलाई पनि सुरक्षित बनाउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: