‘कर्फ्यू’ उल्लंघन गर्नेलाई ‘डिपोर्ट’ गर्ने चेतावनी

कोरोना भाइरस (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन लकडाउन सहित प्रयत्न गरिरहेको मुलुक कुवेतले मुलुकमा जारी कर्फ्यू (निषेधाज्ञा) को उल्लंघन गर्ने विदेशी नागरिकलाई डिपोर्ट (देश निकाला) गर्ने चेतावनी दिएको छ । कुवेतको आन्तरिक मन्त्रालयले रात्री समयका लागि लागु गरिएको कफर््यू उल्लंघन गर्नेहरुलाई डिपोर्ट गर्ने चेतावनी दिएको हो ।

सो मन्त्रालयका अनुसार हालसम्म कर्फ्यू को उल्लंघनको अभियोगमा २ सय जना पक्राउ परिसकेका छन् । तर उनीहरु मध्ये कति विदेशी नागरिक हुन् भन्ने खुलेको छैन ।

यसैवीच कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या दुई पुगेको छ । कुवेतमा हालसम्म ४ सय १७ जनालाई कोरोना संक्रमण भएको छ । यसमध्ये ८२ जना निको भएका छन् । कुवेतमा हालसम्म कोरोना भाइरसका कारण हालसम्म मृत्यु भनें कसैको भएको छैन । यो कुवेतमा कार्यरत नेपाली र उनीहरुको परिवारका लागि सुखद कुरा हो ।

यो पनि पढ्नुहोस् महामारी, आप्रवासी श्रमिक र गर्नुपर्ने काम

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय