श्रमिकलाई सम्वन्धित संस्था मार्फत नै पिपिई उपलव्ध गराउन सर्वोच्चद्दारा अन्तरिम आदेश

सर्वोच्च अदालतले स्वास्थ्य सेवा तथा दैनिक उपभोग्य वस्तु उत्पादन तथा आपूर्तिको काममा संलग्न श्रमिकलाई कामकोे प्रकृतिका आधारमा आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उनीहरुलाई काममा लगाउने संस्था मार्फत नै उपलव्ध गराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधिश मनोज कुमार शर्माको एकल ईजलाशले अन्तरिम आदेश जारी गर्दै कामको प्रकृतिका आधारमा आवश्यक पर्ने पिपिई उपलव्ध गराउन आदेश दिएको हो ।

अन्तरिम आदेशमा भनिएको छः स्वास्थ्य सेवामा संलग्न चिकित्सक, परिचारिका, एम्वुलेन्स चालक, सफाई श्रमिक, औषधि उत्पादन वितरण गर्ने कार्यमा संलग्न रहने श्रमिकहरु तथा जनताका दैनिक उपभोग्य वस्तुहरुको उत्पादन तथा आपूर्ति गर्ने कार्यमा संलग्न भएका श्रमिकहरु एवम् सुरक्षा कार्यमा संलग्न व्यक्तिहरुलाई कोरोना संक्रमणबाट जोगाउनको लागि उनीहरुको कामको प्रकृतिको आधारमा उनीहरुलाई काममा लगाउने संस्थाहरु मार्फत अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्रीको यथोचित प्रवन्ध गरी काममा लगाउने व्यवस्था मिलाउनु ।

यसैगरी कुनै पनि निजी स्वास्थ्य संस्था कोरोना भाइरसका संक्रमितको उपचारबाट पन्छिन नपाउने पनि अन्तरिम आदेश जारी भएको छ ।

यो पनि पढ्नुहोस् माफियाले फैलाएको हल्लाको पछाडी दौडिने की नागरिकको ज्यान बचाउने ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: