माल्दिभ्समा रहेका नेपाली स्वदेश फर्किने पर्खाईमा

म हाल माल्दिभ्समा एउटा रिसोर्टमा कार्यरत छु । माल्दिभ्समा कामगर्न थालेको ५ बर्ष भयो । म काम गर्ने रिसोर्टमा २५ जना नेपाली सहित छौं । माल्दिभ्स पर्यटकमा निर्भर मुलुक हो ।

कोरोना भाइरसको महामारीका कारण माल्दिभ्सले पनि पर्यटक आवगमन बन्द गरेको छ । होटल, रिसोर्टको आम्दानी नहुने भएपछि कामदारलाई पाल्न सक्ने कुरा भएन । संकट लम्विंदै जाँदा खाद्यान्नको समेत अभाव हुने देखिएको छ । किनकी हामी एउटा टापुमा छौं ।
काम नभएपछि र समस्या कहिले समाधान हुन्छ भन्ने कुनै ठेगान नभएका कारण होटलहरुले धमाधम आफ्ना श्रमिकलाई विदा दिन थालेका छन् । जुन देशका नागरिक हुन् त्यहि देशमा फर्काउन होटलहरुले निरन्तर प्रयास शुरु गरेका छन् ।

यसका लागि माल्दिभ्सले आफ्नै विमानबाट विभिन्न मुलुकका नागरिकलाई उनीहरुकै देशमा पठाउने व्यवस्था मिलाउँदै छ भन्ने जानकारी हामीलाई हामीले काम गर्ने होटलले दिएको छ । हामीसँगै काम गर्ने अन्य मुलुकका नागरिकहरुलाई भोली (बुधवार) देखि फर्काउने भन्ने जानकारी पाएका छौं । तर नेपालीलाई फर्काउन खोज्दा नेपालले अनुमति नदिएको भन्दै होटलले हामीलाई जानकारी दिएको छ ।

यो विषम परिस्थितिमा हामी स्वदेश नै फर्किन चाहन्छौं । हामी स्वदेश फर्किएर आफ्नै खर्चमा क्वारेण्टाइनमा बस्न तयार छौं । तर हामीलाई राज्यले यसरी जे सुकै होस् भन्ने अवस्थामा नपुर्याउन हामी माल्दिभ्समा कार्यरत ५ हजार भन्दा धेरै नेपालीको आग्रह छ ।

हामी अहिलेसम्म सुरक्षित छौं र कोरोनाको संक्रमण यहाँ कसैलाई देखिएको छैन । त्यसैले हामी सुरक्षित रुपमा आफ्नै मुलुक आउन चाहन्छौं ।  प्रधानमन्त्री केपी शर्मा ओली लगायतको यसमा ध्यानाकर्षण होस् ।

माल्दिभ्सको एक रिसोर्टमा कार्यरत नेपाली जसले आफ्नो परिचय गोप्य राखिदिन आग्रह गर्दै यो सामग्री पठाएका हुन् ।

यो पनि पढ्नुहोस ‘वर्किंग फ्रम होम’: ‘लकडाउन’ को एउटा सिकाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय