श्रमिक, मजदुरका लागि पूर्ण राहत प्याकेज ल्याउः नेपाली काँग्रेस

सदनको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लकडाउन भएपछि अलपत्र र अप्ठेरोमा परेका स्वदेश तथा विदेशमा काम गर्ने मजदुर, श्रमिकहरुलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्न माग गरेको छ । यसैगरी कम आय भएका, दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक र आमनागरिकलाई वर्गिय तहमा निर्धारण गरि सबै तहका सरकारको प्रभावकारी समन्वयमा ‘निशुल्क र सस्तो शुल्क’ राहत प्याकेजको व्यवस्था गर्न पनि माग गरेको छ ।

नेपाली काँग्रेसका श्रमिक तथा मजदुर विभाग संयोजक शिव प्रसाद हुमागाईंले एक विज्ञप्ती प्रकाशित गर्दै लकडाउन लम्बिदै जाँदा आइपर्न सक्ने खाद्य तथा अत्यावश्यक संकटबाट बच्न ‘खाद्य तथा अत्यावश्यक सामग्रीको जोहो गर्ने, भण्डारण गर्ने र वितरण गर्ने विधि र वातावरण’ बनाउन पनि आग्रह गरेको छ ।

विज्ञप्तीमा न्यून आय भएका व्यक्ति, श्रमिक र मजदुरहरुका लागि ‘पूर्ण राहत प्याकेज’को व्यवस्था गर्न, संक्रमणको उच्च जोखिमको यस समयमा सरकारी एवम् उद्योग वाणिज्य संघ मार्फत सुरक्षात्मक उपाय सहितका ‘अनलाइन सेवा, सहुलियत घुम्ती सेवा’ को व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

विपन्न एवम् मजदुरको छोराछोरीको हकमा आसन्न शैक्षिक सत्रको ‘अध्ययन शुल्क मिनाहा’ गर्न आग्रह गर्दै कँग्रेसले रोजगारीका लागि विदेशमा रहेका नेपालीको चाहना र माग अनुसार नेपाल सरकार जिम्मेवार अभिभावक बन्नुपर्ने पनि माग गरेकोछ । तर यस विषयमा के गर्नुपर्ने भन्ने विषयमा भनें नेपाली काँग्रेसले स्पष्ट धारणा राखेको छैन ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, श्रमिक तथा मजदुरका आवश्यकता अधिकार र हितका सवालमा नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभाग हरतवरले साथमा रहेर काम गर्ने विश्वास दिलाउदै श्रमिक र मजदुरले मुलुक निर्माणमा पु¥याएको महत्वपूर्ण योगदानका प्रति काँग्रेसले आफ्नो उच्च सम्मान रहेको जनाएको छ ।
यो पनि पढ्नुहोस् दैनिक ज्यालामा वाँचिरहेका श्रमिकलाई राहत देउस् जिफन्ट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: