दैनिक ज्यालामा वाँचिरहेका श्रमिकलाई राहत देउ: जिफन्ट

कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि सावधानी र सचेतना अपनाउदै कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन र नियन्त्रणका लागि नेपाल सरकारले दिएको निर्देशनहरूलाई पालना गर्न नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले सबैमा अनुरोध गरेको छ ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै व्यक्तिगत सुरक्षा उपकरण विना काम गर्ने व्यक्तिहरु नै संक्रमणको शिकार हुने तर्र्फ सचेत गराएका छन् । उनले यो अवस्थालाई ध्यानमा राख्दै पहिलो पंङ्गतीमा उभिएर काम गर्ने चिकित्सक, परिचारिका (नर्स), एम्वुलेन्स चालक, सरसफाईको कार्यमा संलग्न श्रमिक र अत्यावश्यक सेवामा कार्यरत सबै श्रमिकलाई व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था मिलाएर मात्र काममा लगाउन अपिल गरेका छन् ।
विज्ञप्तीमा भनिएको छः कोरोना संक्रमण नियन्त्रण गर्न र यसबाट जोगिन नेपाल सरकारले गत चैत्र ११ गते देखि लकडाउन गरेको छ । “सुरक्षा पहिलो” भन्ने अवधारणा अनुसार सरकारले चालेको यस कदम प्रति नेपाल ट्रेड युनियन महासंघ जिफन्ट नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छ ।
कोरोना संक्रमणको कारण मुलुक लकडाउन भएको मौकामा श्रमिकलाई कामवाट हटाउने, परियोजना क्षेत्रमा रहेको श्रमिकहरुको वासस्थान वन्द गर्ने र श्रमिकलाई विचल्लीमा पार्ने काम प्रति जिफन्टले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा कुनै पनि वहानामा श्रमिकहरुको ज्यादती गर्ने उपर कारवाही गरी विचल्लीमा k श्रमिकको उचित व्यवस्थापनको लागि पनि जोडदार माग गरिएको छ ।
यसैगरी दैनिक ज्यालामा वाँचिरहेका तथा दैनिक कमाईमा गुजारा चलाईरहेका श्रमिकहरुले घरवाट निस्कन नपाएको अवस्थामा खान नपाई भोकै बस्नु पर्ने अवस्था आउन नदिन र त्यस्ता श्रमिकको लागि आवश्यक राहतको व्यवस्था मिलाउन पनि जिफन्टले माग गरेको छ । साथै रोजगारीमा रहेका अन्य सवै श्रमिकको पारिश्रमिक सहितको विदाको व्यवस्थाको प्रत्याभुतिको समेत माग गरिएको छ ।
यसैगरी जिफन्टले आम नागरिकहरुलाई अत्यावश्यक उपभोग्य बस्तुको अभाव हुन नदिन आवश्यक व्यवस्था मिलाउन समेत नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

यो पनि पढ्नुहोस् नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्दारा सहयोगको घोषणा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय