मलेसियामा बढ्यो आवागमन नियन्त्रणको समय

मलेसिया सरकारले हिंड्डुलमा लगाएको नियन्त्रण दुई साताका लागि लम्व्यार्ईने घोषणा गरेको छ । मलेसियाका प्रधानमन्त्री मुहियाद्दिनले आवागमनलाई नियन्त्रण गर्न लगाइएको एमसीओलाई अप्रिल १४ तारिखसम्म लम्व्याईने बताएको स्थानीय सञ्चार माध्यममा समाचार सार्वजनिक भएको छ ।

राष्ट्रिय सुरक्षा परिषदलाई पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै प्रधानमन्त्री मुहियाद्दिनले कोरोना भाइरसका संक्रमितको संख्या नरोकिएको र नयाँ संक्रमितहरु थपिइरहेको बताए । तर जुन रुपमा सुरुमा नयाँ संक्रमणका घटना देखिएका थिए, त्यो कम हुँदै गएको छ, प्रधानमन्त्रीले भनेका छन् ।

यसअगाडी मार्च ३१ तारिखसम्मका लागि मलेसियाले लकडाउन सहित एमसीओ जारी गरेको थियो । मलेसियामा हालसम्म १ हजार ५ सय १८ जना कोरोना संक्रमित भेटिएका छन् भनें १७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ सय १२ जना नयाँ संक्रमित भेटिएका छन् ।

यो पनि पनि पढ्नुहोस् एनआरएनए, साउदीले गठन गर्यो उद्दार समिति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय