अमेरिकी डलरको मूल्यसँगै निरन्तर उकालो लाग्दै रियाल, दिराम र दिनार

बुधवार नेपालमा अमेरिकी डलरको खरिद दर मूल्य १ सय १८ रुपैंयाँ ३० पैसा र विक्रि मूल्य १ सय १८ रुपैंयाँ ९० पैसा पुगेको छ । यो अमेरिकी डलरको उच्च मूल्य हो । डलरसँगै अन्य मुलुकका मुद्राको पनि मूल्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिद दर ३२ रुपैंयाँ ४८ पैसा र विक्रि दर ३२ रुपैंयाँ ६५ पैसा छ । साउदी रियालको खरिद दर ३१ रुपैंया ५१ पैसा छ भनें विक्रि दर ३१ रुपैंयाँ ६७ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३२ रुपैंया २१ पैसा तथा विक्रि दर ३२ रुपैंया ३७ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ९२ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६ पैसा छ । अन्य मुलुकको मुद्राको मूल्य बढेपनि रिंगिटको मूल्य भनें बढ्न सकेको छैन ।

यसैगरी कुवेती दिनारको खरिद दर ३८६ रुपैंया ७३ पैसा छ भनें विक्रि दर ३८८ रुपैंयाँ ६९ पैसा छ । बहराइन दिनारको खरिद दर ३१३ रुपैंयाँ ६३ पैसा छ भनें विक्रि दर ३१५ रुपैंयाँ २२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् विदेश जानेहरुलाई ठग्ने नयाँ तरिका मौलाउँदो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय