विदेश जानेहरुलाई ठग्ने नयाँ तरिका मौलाउँदो

राम तिमिल्सिना वैदेशिक रोजगारमा जाने योजनामा थिए । कुन देश जाने भन्ने निधो गर्न नसकिरहेको अवस्थामा तिमिल्सिनाले फेसबुकमा विज्ञापन देखे आकर्षक कमाई हुने रोजगारीमा चेक रिपव्लिकमा । कमाई मासिक १ लाख २५ हजार हुने देखेपछि लोभिएर फोन गरे । उनीहरु फोनमा भनिएअनुसारको ठेगाना पच्छ्याउँदै गए र थप बुझे ।

मागपत्र देखाउने काम भयो । चेक जाने भए जनही ८ लाख ५० हजार लाग्ने बताइयो । छिटो प्रकृया सुरु गर्नुपर्ने भएका कारण जनही २ लाख ३० हजार रकम तत्काल जम्मा गर्न भनियो । तिमिल्सिना र उनका साथिले गरेर बुझाए झण्डै चार लाख रुपैंया । भपाई समेत दिइयो उनीहरुलाई । यसले विश्वस्त भए उनीहरु । ३–४ महिना भित्रमा प्रकृया पुरा हुने भन्दै बाँकी रकमको जोहो पनि गरिहाल्न अह्राइयो ।

श्रम बजारको नयाँ चुनौतिः रोवोटले खोस्दै छ २ करोड व्यक्तिको रोजगारी

चेक रिपव्लिक गएर प्रतिमहिना १ लाख २५ हजार कमाउने तिमिल्सिना र उनका साथिको विश्वास त्यतिबेला डगमगाउन थाल्यो जव उनीहरुलाई हरेक पटक प्रकृया हुँदैछ भन्दै झुलाउने क्रम चलिरह्यो । शंका लागेर प्रकृया चलिरहेको कागजात दिन आग्रह गर्दा वर्क परमिटको कागज भनेर दिइयो जुन नक्कली रहेको उनीहरुले पछि मात्र चाल पाए । त्यसपछि ‘गलत काम गर्ने’ भनेर आफूहरुले बुझाएको रकम र पासपोर्ट फिर्ता मागे । आफूहरुसँग तत्काल रकम नभएको भन्दै उनीहरुलाई एभरेष्ट बैंकको जनही १ लाखको चेक दिइयो । बैंकमा रकम निकाल्न पुग्दा थाहा भयो सो खातामा रकम नै थिएन ।

युरोपको आकर्षक कमाईको पासोमा पर्ने यी दुई पात्र मात्र छैनन्, यस्तै कथा धेरैमा दोहोरिन थालेको छ । सुशान्त भट्टराई, मुगा तामाङ, सानु विक, लगायत ८ जनालाई राजधानीको एसटीएल ट्रेड लिंकले यसैगरी ठगेको छ । पोल्याण्डमा माछा प्याकिङको काममा मासिक ७० देखि ८० हजार तलव हुने प्रलोभन देखाएर एसटीएलले उनीहरुबाट प्रतिव्यक्ति ७ लाखसम्म ठगेको भेटिएको छ । ठगिमा परेका सानु विक र चन्द्रकला लिम्वूले आफूहरुसँग सो कम्पनीले जनही ७ लाख १३ हजार ठगेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी हालेका छन् । यसैगरी सञ्जय अछामीले आफूलाई ४ लाख १६ हजार ठगिएको बताएका छन् भनें सुशान्त भट्टराई, मुगा तामाङ, शर्मिला तामाङसँग एक लाख देखि डेढ लाखसम्म उठाइएको छ । पोल्याण्ड पठाउने भनेर स्वास्थ्य परिक्षण, बीमा समेत गराएको सो कम्पनीले उनीहरुलाई अभिमुखिकरण तालिम समेत दिलाएको थियो । प्रकृया चलिरहेको भन्दै पीडितहरुलाई महिनौं झुलाएर सो कम्पनीका सञ्चालक फरार भए ।

ईम्पावर ओभरसिजबाट ठगिएका ओखलढुँगाका गम्बू शेर्पा, पर्पल एचआरबाट ठगिएका मोहन बहादुर शाही, सोही मेनपावर कम्पनीबाट ठगिएका अधिराज कुमार राई सवैको कथा उस्तै छ । घटीमा ७० हजार देखि बढीमा डेढ लाखसम्म प्रतिमहिना तलव हुने आश्वासन, रकम उठाउने, महिनौं झुलाउने र अन्तिममा रकम लिने व्यक्ति फरार हुने वा फरार नभएपनि रकम फिर्ता नदिने । पीडितले भोगेको यो साझा समस्या हो ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरे संघका सदस्य(मेनपावर कम्पनी) हरुलाई गलत कार्य तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न भेला, सन्देशहरु मार्फत सजग गराई रहेको भन्दै गलत काम गर्नेहरुलाई काँध हालेर नहिंड्ने बताउँछन् । कुनै मुलुकमा राम्रो कमाई हुने लोभमा व्यक्तिले पनि गोप्य रुपमा कारोवार गर्ने र समस्यामा फसिसकेपछि घटना सार्वजनिक हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न संघको तर्फबाट आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको उनको भनाई छ ।

युरोपको नाममा हुने ठगिमा अधिकाँश व्यक्तिगत रुपमा ठगि हुने गरेको वैदेशिक रोजगार विभागको भनाई छ । विभागका सुचना अधिकारी भोलानाथ गुरागाईं ठगिमा परेकाहरु मध्ये कतिपयले मेनपावर कम्पनीबाट नै आफू ठगिमा परेको भन्ने गरेपनि धेरैजसो घटनामा व्यक्तिगत रुपमा ठगिएको पाइने गरेको बताउछन् । “व्यक्तिगत ठगिमा संलग्नहरुलाई विभागले आफ्नो क्षेत्राधिकार भित्र पर्नेमा हामी नै कारवाही गर्छौं, क्षेत्राधिकार भन्दा बाहिर रहेको अवस्थामा प्रहरीसँग संयुक्त रुपमा अनुसन्धान प्रकया अगाडी बढाउने गरेका छौं” गुरागाईले भने ।

वैदेशिक रोजगारका पीडितलाई कानूनी सहायता उलपव्ध गराउँदै आएको संस्था पिपुल्स फोरमका परियोजना संयोजक सुदीप देवकोटा पछिल्लो समयमा युरोपको रोजगारीको नाममा हुने ठगि सम्वन्धि निवेदन धेरै पर्ने गरेको बताउँछन् । उनका अनुसार युरोप पठाउने नाममा ठगिमा परेर कानूनी सहयोगका लागि पिपुल्स फोरममा मद्दत माग्न आउनेहरुको संख्या भनें उल्लेख्य छ ।

यो पनि पढ्नुहोस् को भाईरल, कस्ता भाईरल ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: