कोरोना भाइरसः लक्षण र अपनाउनु पर्ने सावधानी

चीनबाट सुरु भएर विश्वका विभिन्न मुलुकहरुमा फैलिएको कोरोना भाइरसका कारण झण्डै चार हजार व्यक्तिको ज्यान गएको छ, एक लाख भन्दा धेरै संक्रमित भएका छन् । युएई तथा अष्ट्रेलियामा नेपाली नागरिक पनि कोरोनाको संक्रमणमा परेका छन् ।

हालसम्म कुनै औषधी पत्ता नलागिसकेका कारण कोरोना भाइरसबाट जोगिनु नै सवैभन्दा महत्वपूर्ण हो । तर कोरोना भाइरसका बारेमा बुझ्नै पर्ने तथ्य चाहिं यसको संक्रमणका कारण हुने मृत्यु दर धेरै छैन । तसर्थ धेरै आत्तिनु भनें उचित नहुने चिकित्सकहरुले बताउँदै आएका छन् ।

कोरोना भाइरसका लक्षणहरु तथा निम्तिन सक्ने खतराः
– १ सय दशमलव ४ भन्दा बढी ज्वरो आउने,
– घाँटी र टाउको दुख्नु
– खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखापर्ने
– संक्रमण बढ्दै जाँदा निमोनिया, श्वासप्रश्वासमा जटिलता, मृगौला फेला हुने र मृत्यु समेत हुन सक्ने

संक्रमणबाट बच्न के गर्ने ?
– रुघाखोकी जस्तो लक्षण देखिएका व्यक्तिको सम्पर्कबाट टाढै रहने
– सावुनपानीले नियमित रुपमा (कम्तिमा २० सेकेण्ड) हात धुने, स्यानिटाइजरले हात सफा गर्ने
– जथाभावी छोएको हात नधोई आँखा, कान, मुखमा नलाने
– अत्यावश्यक अवस्थामा बाहेक भिडभाड हुने स्थानहरु (सार्वजनिक ठाउँ, अस्पताल, सिनेमा हल, सपिङ मल) मा नजाने
– भिडभाडयुक्त ठाउँमा जानु परेमा नाक र मुख छोप्ने सुरक्षित किसिमको मास्कको प्रयोग गर्ने
– खोक्दा, हाच्छ्यूँ गर्दा मुख र नाक छोप्ने र सोको लागि प्रयोग गरिएको वाइप्स राम्रोसँग नष्ट गर्ने
– जंगली तथा घरेलु पशुपंक्षीको असुरक्षित सम्पर्कबट टाढा रहने
– मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाने
– आफू विरामी परेको भएमा घरमा छुट्टै कोठामा बस्ने
– शरिरको रोगप्रतिरोधात्मक क्षमता बृद्दि गर्न पोषणयुक्त खानाहरु –झोलिलो पदार्थ, हरियो सागपात, गेडागुडी) खाने, नियमित व्यायाम गर्ने, शरिरलाई प्रशस्त आराम दिने
– सकेसम्म कम यात्रा गर्ने, श्वासप्रश्वास समवन्धि कुनै समस्या देखिएमा यात्रा नगर्ने र अस्पतालमा गएर जँचाउने
– यदि आफूलाई कुनै शंका लागेमा नआत्तिकन तुरुन्तै चिकित्सकको परामर्श लिन जाने

हरेक मुलुकहरुले आपतकालिन सम्पर्क नम्वरहरु राखेका छन् । ति नम्वरहरु टिपोट गरेर राख्ने
यो पनि पढ्नुहोस् दुई नेपालीलाई युएईमा कोरोना भाइरसको संक्रमण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय