मलेशिया र खाडीका मुलुकमा थपिंदै कोरोना भाइरसका संक्रमित

चीनबाट सुरु भएर विभिन्न मुलुकहरुमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड १९) का संक्रमितहरुको संख्या वृद्धि भइरहेको छ । विभिन्न मुलुकहरुले अपनाएको स्वास्थ्य प्रवन्धका वावजूद नयाँ संक्रमित थपिने क्रम जारी छ । मध्यपूर्वका मुलुकहरुमा मात्र हालसम्म ७ हजारको हाराहारीमा सो भाइरसका कारण संक्रमित भएकाहरु फेला परेका छन् ।

मलेशियामा हालसम्म कोभिड १९ का संंक्रमितको संख्या ९९ पुगेको छ । ति मध्ये दुई जनाको सघन उपचार कक्षमा राखेर उपाचार गर्नु परिरहेको छ । हालसम्म २४ जना भनें उपचार पछि निको भएर घर फर्किएका छन् ।

युएईको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सो मुलुकमा कोरोना संक्रमतिको संख्या ४५ पुगेको छ । यसअगाडी युएईले ३० जना विरामी फेला परेको सार्वजनिक गरेको थियो ।

यसैगरी खाडीको अर्को मुलुक कुवेतमा ४ जना नयाँ विरामी थपिएका छन् । यो सँगै कुवेतमा कोरोनाका विरामीको कुल संख्या ६२ पुगेको छ ।
कतारमा १२ औं विरामी फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ भनें बहराइनमा ६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै बहराइनमा कुल ६२ जना विरामी फेला परेका छन् ।

साउदी अरवमा ईरानबाट आएका एकजना तथा ईराकबाट आएका एकजनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै साउदी अरवमा कोरोना संक्रमित विरामीको संख्या ११ पुगेको छ ।

खाडीका मुलुकमा विशेषगरी ईरानबाट फर्केकाहरु वा उनीहरुबाट संक्रमण सरेकाहरु रहेको बेलायती सञ्चार माध्यम रोयटर्सले जनाएको छ ।
चीनपछि सवैभन्दा धेरै व्यक्तिको मृत्यु ईरानमा भएको छ । ईरानमा हालसम्म १ सय ९४ व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । इरानमा हालसम्म ६ हजार ५ सय भन्दा बढी व्यक्ति कोरोनाको संक्रमणमा परेको फेला परेको छ ।

हालसम्म कुनै भ्याक्सिन विकास नभइसकेका कारण कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु अत्यावश्यक रहेको छ । नेपाल भनें हालसम्म तुलनात्मक रुपका सुरक्षित मुलुक देखिएको छ । तर पनि छिमेकी मुलुकहरु चीन, भारत तथा नेपालीको आउजाउ धेरै हुने मुलुकहरुमा कोरोनाका विरामीको संख्या उल्लेख्य देखिएका कारण विशेष सजगता अपनाउन जरुरी रहेको विश्व स्वास्थ्य संगठनले बताउँदैै आएको छ ।

निको हुने विरामीको संख्या उल्लेख्य
कोरोना भाइरसका संक्रमितहरु निको हुने क्रम पनि ठूलो संख्यामा देखिएको छ । चीनमा हालसम्म कोरोना संक्रमणमा परेकाहरु मध्ये आधाजसोको उपचार भइसकेको र उनीहरु घर फर्केको अलजजिराले जनाएको छ । यसैगरी अन्य मुलुकहरुमा पनि कोरोना भाइरसका नयाँ विरामी देखिने दरसँगै निको हुनेहरुको प्रतिशत पनि उल्लेख्य रहेको समाचारमा जनाइएको छ ।
यो पनि पढ्नुहोस् घरेलु कामदारलाई बैधानिक बनाउन माग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय