गैरआवासिय नेपाली नागरिकता निश्चितः अध्यक्ष पन्त

गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता पाउने निश्चित भएको बताएका छन् । हाल गैरआवासीय नेपालीसम्बन्धी नागरिकताको विषय संसदीय समितिमा रहेको भन्दै त्यो अनुमोदन हुनासाथ नागरिकता पाउने निश्चित हुने उनको भनाई छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत पुगेका पन्तले सो अवसरमा गैरआवासीय नेपालीको सकृयतामा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको पनि बताए । यसैगरी गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले संघलाई फसाएको समेत तर्क गरे ।

सो अवसरमा
संघका महासचिव डा. हेमराज शर्माले विगत ३ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारेका थिए । उनले गैरआवासीय नेपाली संघलाई अब स्मार्ट एनआरएनको रुपमा विस्तार गरिने जानकारी दिए । उनले संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको बताए ।

कार्यक्रममा स्वागत गर्दै गैरआवासीय नेपाली संघ, युकेकी अध्यक्ष पुनम गुरुङले विगत ५ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारिन् । उनले एनआरएनलाई राम्रो एनआरएन बनाउने प्रयत्न गर्ने बताइन् । गुरुङले समुदायका सबै पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाइन् ।
यो पनि पढ्नुहोस् एनआरएनको आग्रहः साउदी अरवमा घरेलु कामदार नपठाउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: