
मस्तिष्कघात भएका खोटाङका कुमार पुरीलाई खोटाङ सेवा समाज कतारले एक लाख रुपैंया सहयोग गरेको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ५, महेश्वरीका पुरी विगत लामो समय देखि मस्तिष्कघातका कारण विरामी छन् ।
पुरीको आर्थिक अवस्था कमजोर रहेको र उपचार गराउन समेत समस्या परेका कारण उनको उपचार खर्च जुटाउन कतारमा कार्यरत विरामीका आफन्तहरु उत्तर कुमार पुरी, कृष्ण बहादुर बन र यादव पुरीको संयोजकत्वमा तथा खोटाङ सेवा समाज कतारको पहलमा अभियान चलाइएको थियो । सो क्रममा संकलन भएको एक लाख रुपैंया रकम खोटाङ सेवा समाजका तर्फबाट काशीनाथ आचार्यले विरामी पुरीलाई काठमाडौं स्थित अस्पतालमै गएर रकम हस्तान्तरण गरे । पुरीको उपचार हाल काठमाडौ स्थित नर्भिक अस्पतालमा भइ रहेको छ ।
संस्थाले सेवा र सहयोगको भावनाका साथ काम गरिरहेको भन्दै पुरीलाई उपचारमा आर्थिक सहयोग गर्ने सवै दाताहरुलाई संस्थाका अध्यक्ष रुद्र शर्माले धन्यवाद दिएका छन् ।
यो पनि पढ्नुहोस्, श्रम मन्त्री यादवको बोली: विहान ‘श्रम स्वीकृति स्थगित’, बेलुका ‘अध्ययनमै छौं’