मलेशियामा वृद्धि भएको न्यूनतम तलव कार्यान्वयनमा, फेब्रुअरीको तलव १२ सय नपाए उजुरी गर्न सकिने

मलेशियाले फेब्रुअरी १ देखि लागु हुनेगरी ५६ वटा शहर तथा नगरपालिकाहरुमा न्यूनतम तलव बढाएको छ । वृद्धि भएको तलव अनुसार अव श्रमिकले न्यूनतम १२ सय रिंगिट तलव पाउनेछन् । यो गतबर्षको भन्दा १ सय रिंगिट धेरै हो । यसैगरी प्रतिघण्टा काम गरेको ज्याला पनि ५ दशमलव ७७ रिंगिट कायम भएको छ । यसअघि प्रतिघण्टा न्यूनतम ज्याला ५ दशमलव २९ रिंगिट थियो ।

खाडीमा बढ्दै कोरोना भाइरसका संक्रमित, मलेशियामा पनि २२ संक्रमित भेटिए

सरकारले सन् २०२० को बार्षिक बजेट अनुरुप नै श्रमिकको न्यूनतम ज्याला बढाएको जनाएको छ । यसैगरी मलेशियामा अव प्रसुति विदा ६० दिनबाट बढाएर ९० दिन बनाइएको छ ।

तपाई मलेशियामा नै काम गर्नुहुन्छ र वृद्धि भएको तलव नपाएमा नजिकैको श्रम कार्यालयमा उजुरी दिन सक्नुहुन्छ । तपाईले +60126845091 मा ह्वाट्सएप मार्फत सम्पर्क गरेर पनि सहयोग माग्न सक्नुहुन्छ । यसैगरी [email protected] मा ईमेल गर्न सक्नुहुन्छ । यो आप्रवासी श्रमिकलाई सहयोग गर्न सञ्चालित गैर सरकारी संस्था आवर जर्नीको सम्पर्क हो ।

यो पनि पढ्नुहोस् ‘म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय