श्रम सम्झौता अद्यावधिक गर्न कतार तयारः नेपालका लागि कतारी राजदूत

नेपालका लागि कतारका राजदूत युसुफ बीन मोहम्मद अल हैलले दुई देशवीचको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटासँगको शिष्टाचार भेटका क्रममा राजदूत युसुफले उनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि सहयोग गर्न कतार तत्पर रहेको बताए ।

यसअघि नेपाल र कतारवीच भएको श्रम सम्झौता पुनरावलोकनका लागि नेपालले चाहेपनि कतार यसमा उदासिन देखिंदै आएको छ । कतारले काठमाडौंमा भिषा सेण्टर खोल्नु अगाडी यस विषयमा केहि चासो देखाएको भएपनि तत्पश्चात यसका कतारको कुनै चासो देखिएको छैन । तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले कतार भिषा सेण्टरलाई श्रम सम्झौताकै एउटा अंश बनाउने गरी सम्झौतालाई समयानुकुल परिमार्जनका लागि गरेको प्रयत्नलाई कतारले चासो दिएको थिएन । कतारले परराष्ट्र मन्त्रालय मार्फत भिषा सेण्टर स्थापनाको कामलाई सम्पन्न गराएपछि श्रम सम्झौता पुनरावलोकनको विषय पुरै ओझेलमा परेको थियो ।

सभामुख सापकोटासँगको भेटका क्रममा राजदूत युसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको पनि बताए । उनले कतारले नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेको बताए ।

भेटका क्रममा सभामुख सापकोटाले कतारले आयोजना गर्न लागेको विश्वकप फुुटबल प्रतियोगिताको सफलताको शुभकामना दिए । उनले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुुपर्ने पनि धारणा राखेका थिए ।
यो पनि पढ्नुहोस् कोरियाबाट आउनेको पनि कोरोना परिक्षण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय