
साउदी अरेवियामा कार्यरत मोरङ सुनसरीका नेपाली संगठित भएका छन् । मोरङ तथा सुनसरी जिल्लाबाट खाडीका विभिन्न मुलुकमा कार्यरत नेपाली मोरङ सुनसरी सेवा समाजको नाममा यसअगाडी देखि नै संगठित भएपनि साउदी अरेवियामा भनें पहिलो पटक संगठित भएका हुन् ।
साउदी अरेवियामा मोसुको पहिलो अधिवेशनले पहिलो कमिटी चयन गरेको छ । मोसु, साउदी अरेवियाको प्रथम अधिवेशनबाट हेम सुवेदीको संयोजकत्वमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा देश बहादुर खडका, मनोज धिमाल, पुरुषोत्तम दाहाल रहेका छन् । यसैगरी सचिवमा सुजनशेर राई, सहसचिव कर्ण बहादुर बस्नेत र दीपक थापा छन् । यसैगरी कोषाध्यक्ष राज चेम्जोङ लिम्बू तथा सहकोषाध्यक्ष सुरेन्द्र मोक्तान चयन भए । सदस्यहरुमा कुबेर लिम्बु, किसन विश्वकर्मा, विशाल याख्या, युवराज गिरि, पुर्ण तामाङ, टिकाराम बस्नेत, देवेन्द्र विश्वकर्मा, कुमार आचार्य, लीला तामाङ रहेका छन् ।
प्रवासमा कार्यरत मोरङ र सुनसरीका बासिन्दाहरुले गठन गरेको सो संस्था प्रवासमा सकृय संस्था मध्येको एक हो ।
यो पनि पढ्नुहोस् दिलिप पराजुलीको नेतृत्वमा मोसु कतारको नयाँ कमिटी