नेपाली श्रमिकको पहिलो गन्तव्य साउदी अरेविया, मलेशिया, कतार र युएई जानेको संख्या हाराहारी

वैदेशिक रोजगारका लागि गत माघमा विदेशिएका नेपाली मध्ये सवैभन्दा धेरै साउदी अरेविया गएका छन् । तर पुनः श्रमस्वीकृति लिएर जानेहरुको ठू्लो संख्या भनें कतार जानेहरुको देखिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत माघमा नेपालबाट विदेशिएका कुल ४८ हजार ६ सय ७४ मध्ये ११ हजार १ सय १० जना साउदी गएका छन् । यी मध्ये ५ हजार २ सय ८४ जना मेनपावर कम्पनी मार्फत विदेश गएका हुन् भनें अन्य पुनः श्रम स्वीकृति लिएर तथा व्यक्तिगत श्रम स्वीकृतिमा गएकाहरु हुन् ।

वैदेशिक रोजगारमा जानेहरुको दोश्रो रोजाई कतार देखिएको छ । माघमा नेपालबाट १० हजार ७ सय ६४ जना रोजगारीका लागि कतार गएका हुन् । ति मध्ये ठूलो संख्या भनें पुनः श्रम स्वीकृति लिएर गएकाहरुको रहेको छ । विभागका अनुसार माघमा मेनपावर कम्पनी मार्फत ४ हजार २ सय ५५ जना कतार गएका छन् भनें ६ हजार १ सय ६० जना पुनः श्रम स्वीकृति लिएर गएका हुन् ।

यसैगरी तेश्रोमा मलेशिया रहेको छ । माघ महिनामा मेनपावर कम्पनी मार्फत ८ हजार ९३ जना तथा व्यक्तिगत तथा पुनः श्रम स्वीकृति लिएर गएका २ हजार ४ सय ३३ गरी कुल १० हजार ५ सय ४४ जना मलेशिया गएको देखिन्छ ।

चौथो रोजाईमा संयुक्त अरव ईमिरेट्स(युएई) रहेको छ जहाँ कुल १० हजार ८९ जना रोजगारीका लागि गएका हुन् ।

पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि जानेमा कतार पहिलो मुलुक रहेको छ भनें दोश्रोमा साउदी अरेविया रहेको छ । गत माघ महिनामा साउदी अरेवियामा ५ हजार २ सय ८८ जना पुनः श्रम स्वीकृति लिएर गएका छन् भने तेश्रोमा युएई रहेको छ । युएईमा ४ हजार ५ सय २७ जना तथा चौथोमा मलेशियामा २ हजार ४ सय ३३ जना पुनः श्रम स्वीकृति लिएर गएको विभागको तथ्याङ्क छ ।

युरोपेली मुलुकको रोजगारी: दलालको कमाउने क्षेत्र

नेपालबाट रोजगारीका लागि पछिल्लो समयमा युरोप जान चाहनेहरुको संख्या ठूलो छ । कतिपय व्यक्तिले युरोपको रोजगारीको नाममा लाखौं रकम डुवाउने गरेको र रकम उठाई दिन वैदेशिक रोजगार विभाग तथा प्रहरीमा उजुरी पर्ने गरेको छ ।

तर वैदेशिक रोजगार विभागबाट अनुमति लिएर युरोपेली मुलुकमा रोजगारीका लागि जानेहरुको संख्या निक्कै सानो देखिन्छ । माघ महिनामा पोर्चुगल जानेको संख्या ३५ रहेको छ जसमध्ये केवल २ जना मेनपावर कम्पनी मार्फत अन्य व्यक्तिगत रुपमा सो मुलुक गएका हुन् । यसैगरी रोमानिया जानेको संख्या मेनपावर कम्पनी मार्फत १ सय ३६ रहेको छ भनें व्यक्तिगत रुपमा ८९ जनाले श्रम स्वीकृति लिएका छन् । अर्को निक्कै चर्चा गरिने मुलुक पोल्याण्डमा जम्मा ३० जना गएका छन् । सो मुलुकमा मेनपावर कम्पनी मार्फत एकजना पनि गएका छैनन् भनें व्यक्तिगत श्रम स्वीकृति लिएर पाँचजना र २५ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्याङ्क छ ।
यो पनि पढ्नुहोस् वैदेशिक रोजगार विभागः डीजि नम्वर १९

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय