चीनमा घटे कोरोना भाइरसका नयाँ संक्रमित

चीनको हुवेइ प्रान्तमा कोरोना भाइरस संक्रमित नयाँ बिरामीको संख्या घट्दै गएको छ । पछिल्लो साता दैनिक रुपमा करिव एक हजार नयाँ संक्रमित थपिदै आएकोमा बिहिबार मात्र ३४९ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार एक हजार ७४९ जना नयाँ संक्रमित थपिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हुवेइ प्रान्तमा संक्रमणको पुष्टि भएका बिरामीको संख्या ६२ हजार रहेको छ । आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने चिनियाँ अधिकारीहरुले कोरोना भाइरसबाट मुक्त भएकाहरुको संख्या पनि उल्लेख्य वृद्धि भएको जनाएका छन् । जस अनुसार अस्पतालबाट करिब १० हजार बिरामी निको भएर डिस्चार्ज भएका हुन् ।

सीएनएनका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार १२६ पुगेको छ । विश्वब्यापी संक्रमितको संख्या ७५ हजार ६०० पुगेको छ ।

चीनबाहिर जापान र सिंगापुरमा भने कोरोना भाइरसको संक्रमण एक हजार जनामा फेला परेको छ । चीनको मुख्यभूमीबाहिर मृत्यु हुनेको संख्या १० पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजशिपमा सिंगापुरका ८४ तथा जापानको ६८ जनामा उक्त भाइरसको संक्रमण पाइएको छ । उक्त क्रूजशिपका करिब ६२४ जनामा संक्रमण फैलिएको थियो । जसमध्ये दुईजना वृद्ध यात्रुको मृत्यु भइसकेको सीएनएनले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय