कतारमा देखियो मर्स भाइरस(लक्षण र जोगिन अपनाउनु पर्ने उपाय)

कतारको जनस्वास्थ्य मन्त्रालयले कतारमा एक ६५ बर्षिय व्यक्तिमा मिडिल ईष्ट रेस्पिरेटोरी सिण्ड्रम(मर्स) भाइरस फेला परेको पुष्टि गरेको छ । मर्स भाइरस फेला परेका ति व्यक्ति विभिन्न असाध्य रोगहरुले ग्रसित रहेको मन्त्रालयले जनाएको छ ।

मर्स भाइरस देखिएका ति व्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जनस्वास्थ्य मन्त्रालयले अन्य मन्त्रालयसँगको समन्वयमा सो रोग फैलिन नदिन र भाइरसले आक्रमण गरिसकेका व्यक्तिको उपचारका लागि काम थालिसकेको जनाएको छ ।

मर्स भाइरस पनि कोरोना भाइरसकै एक प्रजाती हो तर सो भाइरस हाल चीनमा देखिएर विश्वव्यापी रुपमा स्वास्थ्य चिन्ताको विषय बनेको नोभेल कोरोना(कोभिड १९) भनें नभएको मन्त्रालयले स्पष्ट पारेको छ । यी दुवै भाइरसको उत्पत्ति, सर्ने तरिका तथा रोगको गाम्भिर्यता फरक रहेको जनाइएको छ । जनस्वास्थ्य मन्त्रालयले हालसम्म कतारमा नोभेल कोरोना भाइरसका विरामी फेला नपरेको जनाएको छ ।

पछिल्लो दुई बर्षभित्र कतारमा मर्स भाइरसका केवल ३ जना मात्र विरामी फेला परेको जनस्वास्थ्य मन्त्रालयको भनाई छ । मन्त्रालयले पुरानो अन्य रोग भएकाहरु, रोगप्रतिरोधात्मक क्षमता कमजोर रहेकाहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

बच्न के गर्ने ?
– पटक-पटक सावुन पानीले हात धुने गर्नुपर्दछ,
– हातलाई किटाणुरहित बनाउने बस्तुको प्रयोग गर्नु राम्रो हुन्छ
– उँटको नजिकै जानु, उँटलाई छुने, चलाउने नगर्नु उचित हुन्छ
– ज्वरो आएमा, खोकि लागेमा, घाँटी दुखेमा तथा छिटो-छिटो श्वास फेरेमा वा श्वास फेर्न समस्या भएमा तत्काल अस्पताल जानु पर्दछ

यस्तो कुनै समस्या परेमा हटलाईन नम्वर ६६७४०९४८ वा ६६७४०९५१ मा फोन गर्न सकिन्छ । यो यस्तो समस्या भएमा द्रुत उद्दार टोलीको हटलाइन नम्वर हो ।
यो पनि पढ्नुहोस् विदेशी श्रमिकको न्यूनतम ज्याला तोक्ने छलफल कतारको सुरा काउन्सीलमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय