विदेशी श्रमिकको न्यूनतम ज्याला तोक्ने छलफल कतारको सुरा काउन्सीलमा

कतारको सुरा काउन्सीलले कतारमा कार्यरत श्रमिकको न्यूनतम ज्याला तोक्ने विषयमा छलफल गरेको छ । काउन्सीलको सोमवारको बैठकमा कानून तथा विधायिका सम्वन्धि समितिले न्यूनतम ज्याला निर्धारण सम्वन्धमा तयार पारेको मस्यौदा कानूनका विषयमा छलफल भएको कतारको सरकारी सञ्चार संस्था कतार न्यूज एजेन्सी(क्यूएनए) ले जनाएको छ । 

श्रम बजारको नयाँ चुनौतिः रोवोटले खोस्दै छ २ करोड व्यक्तिको रोजगारी

समाचार अनुसार बैठकले सो मस्यौदा कानूनका विषयमा आगामी बैठकमा अझ विस्तृत रुपमा छलफल गर्ने निर्णय गरेको छ । कतारले यसअगाडी जनवरी, २०२० भित्रै श्रमिकको न्यूनतम ज्याला तोक्ने घोषणा गरेको थियो । कतारको सो घोषणालाई अन्तराष्ट्रिय श्रम संगठन, अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ(आइटीयूसी) लगायतले स्वागत गर्दै अविलम्व कार्यान्वयन हुने अपेक्षा प्रकट गरेका थिए ।
यो पनि पढ्नुहोस् कफाला हटाउने साउदी अरवको तयारी, विदेशी श्रमिक लाभान्वित हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय