‘मलेशियामा विदेशी सुरक्षा गार्डमा नेपाली मात्रै’

मलेशियाको गृह मन्त्रालयले विदेशी सुरक्षा गार्डका रुपमा नेपालीलाई मात्र राखिने स्पष्ट गरेको छ । पाकिस्तानीहरुलाई सुरक्षा गार्डका रुपमा मलेशियाले लिन लागेको समाचार सार्वजनिक भएका बेला मलेशियाको गृह मन्त्रालयले बुधवार सुचना जारी गर्दै स्पष्ट पारेको हो । यसअघि पाकिस्तानको द नेशन पत्रिकाले मलेशियाले १ लाख देखि १ लाख ५० हजार पाकिस्तानी नागरिकलाई सुरक्षा गार्डका रुपमा लिने तयारी गरेको समाचार सार्वजनिक भएको थियो ।

मलेशियाको अनलाइन द स्टारका अनुसार गृह मन्त्रालयले मलेशियन नागरिकलाई नै सुरक्षा गार्डको काममा लिन प्रोत्साहित गर्न आग्रह गरेको छ । यसका लागि मन्त्रालयले मलेशयाको प्रहरी तथा सुरक्षा सम्वन्धी काम गर्ने संस्थाबाट स्थानीय नागरिकलाई तालिम दिन सहयोग गर्ने वचनवद्दता समेत जनाएको छ । मलेशियाले तत्कालिन रुपमा मात्र विदेशीलाई सुरक्षा गार्डको रुपमा लिइने भन्दै दिर्घकालिन रुपमा मलेशियन नागरिकले नै सो काम गर्नुपर्ने बताउँदै आएको छ ।

यो पनि पढ्नुहोस् वैदेशिक रोजगारमा जानेलाई व्यक्तिगत सुरक्षाको तालिम अनिवार्य गरिंदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय