वैदेशिक रोजगारमा जानेलाई व्यक्तिगत सुरक्षाको तालिम अनिवार्य गरिंदै

खाडी तथा मलेशियामा काम गर्न जाने नेपाली श्रमिकको मृत्यु चिन्ताको विषय बनिरहेको अवस्थामा सरकारले ति मुलुकमा रोजगारीका लागि जानेहरुलाई व्यक्तिगत सुरक्षा सम्वन्धि तालिम अनिवार्य बनाउने तयारी गरेको छ । ति मुलुकमा काम गर्ने लाखौं श्रमिक मध्ये हरेक बर्ष १ हजार व्यक्तिको विविध कारणले मृत्यु हुने गरेको छ ।

रोयटर्सका अनुसार हरेक बर्ष १ हजार नेपाली श्रमिकको गन्तव्य मुलुकहरुमा मृत्यु हुने गरेकोमा साउदी अरेविया, कतार तथा मलेशिया धेरैजसो नेपालीको मृत्यु हुने मुलुकहरुमा रहेका छन् । नेपाल सरकार आफ्ना नागरिकको रोजगारीका क्रममा हुने मृत्युका विषयमा निक्कै संवेदनशिल छ र त्यसलाई घटाउने हरसम्भव प्रयत्नमा छ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले रोयटर्ससँग भनेका छन् ।

“हामीले विदेशमा रोजगारीका क्रममा रहँदा व्यवसायजन्य सुरक्षा तथा स्वाथ्यका विषयमा ध्यान दिनुपर्ने विषयहरुलाई अभिमुखिकरण तालिममा नै समावेश गर्दैछौं” प्रवक्ता घिमिरेले भने “रोजगारी विशेष तालिम, सञ्चार सीपलाई वैदेशिक रोजगारीमा जानुपूर्व अनिवार्य बनाउने तयारी गरिंदैछ ।”

पेन्सन प्रणालीमा नेपालीलाई पनि जोड्नुस्ः मन्त्री यादव

हरेक दिन सरदर तीनवटा लाश नेपाल फर्किने गरेको छ । नेपालको सर्वोच्च अदालतले तीन बर्ष अगाडी नै सरकारलाई वैदेशिक रोजगारका क्रममा हुने नेपाली श्रमिकको मृत्यु दरलाई घटाउन विशेष अभियान चलाउन निर्देशन दिएको थियो ।

खाडी मुलुकमा हुने उच्च गर्मी, मेशिन सही रुपमा चलाउन नजान्दा, बाटो काट्ने विषयमा जानकारी नहुँदा तथा कतिपय अवस्थामा ऋण तिर्नुपर्ने चर्को मानशिक दवाव र घरेलु मदिराको सेवनका कारण पनि मृत्यु धेरै गरेको अधिकारकर्मीहरु बताउँछन् ।

सन् २०१९ मा ७ सय ५० नेपाली श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता पाएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ बताउँछन् । वैदेशिक रोजगारको क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले बोर्ड मार्फत ७ लाख आर्थिक सहायता उपलव्ध गराउँदछ ।

“वैदेशिक रोजगारलाई सुरक्षित तथा शोषणमुक्त बनाउन आवश्यक छ” पूर्व श्रम मन्त्री गोकर्ण विष्टले भने “वैदेशिक रोजगारको भर्ना प्रकृया पारदर्शी हुन, काम गरेको ज्यालाको सुरनिश्चितता, बीमा तथा आवश्यक अवस्थामा क्षतिपूर्तिको ग्यारेण्टी हुनु पर्दछ ।”

यो पनि पढ्नुहोस् कफाला हटाउने साउदी अरवको तयारी, विदेशी श्रमिक लाभान्वित हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय