पक्राउ परे विदेश पठाइदिने नाममा ठग्ने व्यक्ति

वैदेशिक रोजगार कसूर मुद्दाका फरार कसूरदार अजय तामाङलाई प्रहरीले शुक्रबार कोटेश्वर, काठमाडौंबाट पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका ७ घर भई हाल काठमाडौं महानगरपालिका २६ रानीवारी बस्ने ३७ वर्षीय तामाङलाई आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने नाममा विभिन्न व्यक्तिबाट रकम लिई ठगि गरेको अभियोगमा वैदेशिक रोजगार न्यायाधिकरणबाट सजाय ठहर भएको थियो ।

वैदेशिक रोजगार कसूरको ३ वटा मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर २४ गतेको फैसलाले ३ वटै मुद्दामा गरी जम्मा ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएका छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरी ब्यूरोले जनाएको छ ।

मलेशियाले अवैधानिक रुपमा बसेका विदेशीको धरपकड तिव्र बनायो, ८ नेपाली पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय