मलेशियाले अवैधानिक रुपमा बसेका विदेशीको धरपकड तिव्र बनायो, ८ नेपाली पक्राउ

मलेशियाले आममाफीको समय सकिएसँगै धरपकडको क्रमलाई तिव्र बनाएको छ । सोही क्रममा विभिन्न ठाउँमा आकस्मीक रुपमा प्रहरीले चेकजाँच गर्ने क्रमलाई बढाएको छ ।

अध्यागमन अधिकारी सहित प्रहरीले गरेको चेकजाँचका क्रममा शनिवार विहानै १ सय ५५ जना पक्राउ परेका छन् । त्यसमध्ये ८३ जना पुरुष र ६५ जना महिला रहेका छन् भनें ७ जना बालबालिका समेत रहेका छन् । पक्राउ पर्नेहरुमा ८ जना नेपाली छन् । सवैभन्दा धेरै ईण्डोनेशियाली छन् । समाचार अनुसार सो क्रममा १ सय ३० जना ईण्डोनेशियाली हुन् । पक्राउ पर्ने अन्यमा भारतीय, म्यानमार, बंगलादेशका छन् ।

पक्राउ पर्नेहरुसँग वैधानिक परिचय पत्र नभएको बताइएको छ । पक्राउ पर्नेहरु मध्ये अधिकाँश भिषा अवधि भन्दा बढी समय बसेको, कतिपयले त अवैधानिक रुपमा विवाह समेत गरेको भेटिएको प्रहरीले जनाएको छ । मलेशियाको प्रहरीले यस्तो खोजी र पक्राउ अभियान तिव्र बनाइने बताएको छ ।

यो पनि पढ्नुहोस् मेनपावर कम्पनी र मलेशियाको कम्पनी दुवैको बदमासीका कारण समस्यामा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय