मेनपावर कम्पनी र मलेशियाको कम्पनी दुवैको बदमासीका कारण समस्यामा

दुई महिनाअघि नेपालबाट रोजगारीका लागि मलेसिया गएका बैतडीका रमेश चन्दको हातमा क्यान्सर भएर उनको मलेसियामा बिचल्ली भएको छ ।

रमेशको परिक्षण गरेको अस्पतालले उनको हात नै काट्नुपर्ने बताएको छ । तर रोजगारीका लागि गएको कम्पनीले भनें उनलाई जवर्जस्ती काममा लगाइरहेको छ ।

छोरोको यो अवस्था हुँदा पनि नेपाल फर्काउन हारगुहार गर्दैछन् उनका बाबु सुरेन्द्रबहादुर चन्दले बताए । उनी स्थानीय एक होटलमा काम गर्छन् ।

बैतडीको पाटन नगरपालिका–७, किम्तोलीका रमेश गत मंसिर २६ गते गएका थिए । रमेश मलेसियाको मलक्का राज्यको एक रबर कम्पनीमा काम गर्दछन् ।

विदेश उड्नु अघि छोराको हातमा मासुका ससाना गिर्खा भएकोले पछि समस्या त हुँदैन भनेर कम्पनीलाई भने पनि एक लाख रुपियाँ दिए सबै ठिक हुने भन्दै कम्पनीले छोरालाई दुई महिना अघि मलेसिया पठाएको रमेशका बाबु सुरेन्द्रले बताए ।

मलेसिया पुगेपछि दुई महिनामै हात सुन्नीन थालेपछि अस्पताल जाँदा हातमा क्यान्सर भएको अस्पतालले बताएको थियो । उपचार गराउनु सट्टा काम गर्ने कम्पनीले पैंसा तिरेर ल्याएको भन्दै जबरजस्ती काममा लगाईरहेको उनले परिवारलाई जानकारी गराएका छन् । आफूलाई स्वदेश फर्कने भएमा चार हजार रिंगिट तिर्न कम्पनीले भनेको उनले बताए । उनी नमस्ते नेपाल नामको मेनपावर कम्पनी मार्फत मलेसिया गएका हुन् । यो समाचार गोरखापत्रमा बैतडीबाट गोकर्ण दयालले लेखेका हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय