युएईमा कोरोना भाइरसले मृत्यु भएको भनाई गलतः स्वास्थ्य मन्त्रालय

युएईको सरकारी निकायले त्यहाँ एक फिलिपिनो महिलाको मृत्यु नोभेल कोरोनाका कारण नभई निमोनियाका कारण भएको स्पष्ट पारेको छ । युएईको स्वास्थ्य मन्त्रालयले यसअघि ति फिलिपिनो महिलाको मृत्यु नोभेल कोरोनाका कारण भएको भन्ने हल्ला असत्य भएको बताएको हो । फिलिपिन्सका सञ्चार माध्यमले ति महिलाको मृत्यु नोभेल कोरोना भाइरसका कारण भएको भन्दै समाचार प्रकाशित गरेका थिए ।

घरेलु कामदारका रुपमा दुवईमा कार्यरत ति फिलिपिनो महिलाको मृत्यु पश्चात युएईमा पनि कोरोना भाइरसले ज्यान लिएको हल्ला फैलिएको थियो । यसैगरी विश्व स्वास्थ्य संगठनले पनि ति महिलाको मृत्यु निमोनियाकै कारण भएको जनाएको छ ।

यसैबीच चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरसका कारण हालसम्म ६ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् । त्यसमध्ये बहुसंख्यक चीनका बासिन्दा रहेका छन् । सो भाइरसका कारण विश्वव्यपायी रुपमा ३१ हजार भन्दा धेरै विरामी परेका छन् ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको सो भाइरसबाट जोगिन विशेष सावधानी अपनाउनु आवश्यक छ ।

यो पनि पढ्नुहोस् मलेशियामा पनि भेटियो कोरोना भाइरस, संक्रमणबाट जोगिन सजग हुनु पर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय