
मलेशियामा कोरोना भाइरस सम्वन्धी गलत समाचार शेयर गर्नेहरु धमाधम पक्राउ पर्ने थालेका छन् । त्यसैले तपाई मलेशियामा हुनुहुन्छ भनें गलत समाचार शेयर नगर्नु सम्भावित समस्याबाट बच्नु उपयुक्त उपाय हो ।
मलेशियाले चीनबाट सुरु भएको नोबल कोरोना भाइरस सम्वन्धी गलत समाचार फैलाएर आतंकित बनाउने काम गरेको भन्दै ६ जनालाई पक्राउ गरिसकेको छ । यसरी पक्राउ पर्नेहरुमा औषधि पसलका सञ्चालक देखि बैंकमा काम गर्नेहरुसम्म रहेको समाचारमा जनाइएको छ ।
यसरी पक्राउ पर्नेहरुलाई ५० हजार रिंगिट जरिवाना, एक बर्ष कैद वा दुवै सजाय हुन सक्छ । तसर्थ कुनै गलत समाचार शेयर नगर्नु उचित हुन्छ ।
यो पनि पढ्नुहोस मलेशियामा पनि भेटियो कोरोना भाइरस, संक्रमणबाट जोगिन सजग हुनु पर्ने