विदेश जानेको बीमा अनलाइन मार्फत गर्ने सम्झौता, एकसाता भित्रै कार्यान्वयन हुने

वैदेशिक रोजगारमा जाने श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी आइतवार वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालका अनुसार सो बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग सम्झौता गरी वैदेशिक रोजगार म्यादी बीमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा वीमा नवीकरण गराउनुका साथै सोको भुक्तानीको व्यवस्था मिलाउने छ। उक्त सेवा वापत बीमा कम्पनीले सेवाग्राहीबाट कुनै थप शुल्क लिन पाउने छैन।

कुनै व्यक्तिले अनलाइन मार्फत नै बीमा गराएमा त्यसरी जारी भएको बीमाको जानकारी सोझै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गराउनेछ । यस्तो बीमा पोलिसी कम्पनीको जुनसुकै शाखाले जारी गर्न सक्नेछ। तसर्थ यो सम्झौतासँगै अव श्रम तथा रोजगार कार्यालयको वरिपरी रहेको बीमा कम्पनीको कार्यालयसम्म धाउनु नपर्ने महानिर्देशक भुषालले जानकारी दिए । विभाग र बीमा कम्पनीबीचको सम्झौता अनुसार अवको एक हप्ताभित्रै यो सेवा प्रारम्भ गरिसक्नु पर्नेछ।

वैदेशिक रोजगारीमा गएको व्यक्तिले आफू कार्यरत देश वा उक्त देश हेर्ने नेपाली कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्ने वित्तिकै बीमा पोलिसी अनलाइन नवीकरण गर्न सक्ने व्यवस्था गर्नुपर्ने सम्झौता भएको छ।

बीमा कम्पनीहरु अनलाइन प्रणालीमा आउन आनाकानी गरिरहेका कारण वैदेशिक रोजगारमा जानेहरुको श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिलाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लैजान ढिलाई भइरहेको थियो । यो सम्झौतासँगै अव त्यो बाटो खुलेको छ ।

यो पनि पढ्नुहोस् मलेशियामा पनि भेटियो कोरोना भाइरस, संक्रमणबाट जोगिन सजग हुनु पर्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: