विदेश जानेको विमा र कल्याणकारी कोषको रकम अनलाइन मार्फत नै

वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्ने विमा बापतको रकममा कुनै अतिरिक्त शुल्क नलिई अनलाइन भुक्तानी सेवा प्रदान गर्न वैदेशिक रोजगार विभागसँग ई सेवाले सम्झौता गरेको छ । अन्य अनलाइन भुक्तानी प्रदायक संस्थाहरूले आउँदो आइतबार विभागसँग त्यस्तो सम्झौता गर्दैछन्।

ई सेवाले विमा शुल्कको रकम सम्बन्धित विमा कम्पनीको बैङ्क खातामा जम्मा गरिदिनेछ। त्यस्तो रकम प्रत्येक दिन म्यादी विमा जारी गर्ने कम्पनीले तोकेको बैङ्क खातामा जम्मा गर्ने व्यवस्था मिलाउने गरी सम्झौता भएको विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले जानकारी दिएका छन् ।

ई सेवाले श्रमिकको म्यादी विमा भएको जानकारी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्नेछ। विमाको विमाङ्क रकम भुक्तानी भए नभएको रूजू गर्न पोर्टलको व्यवस्था मिलाउने छ। प्राविधिक कारणले सेवा अवरूद्ध भएको अवस्थामा पनि सो समस्या तत्काल समाधान गर्न दुबै पक्षले पहल गर्ने महानिर्देशक भुषालले जानकारी दिए ।

यसैगरी अव विमा कम्पनीहरूले विभागसँग सम्झौता गर्ने वित्तिकै विमा वापतको रकम ई सेवाबाट अनलाइन भुक्तानी गर्न सकिनेछ। वैदेशिक रोजगार बोर्डमा जाने कल्याणकारी कोषको रकम पनि ई सेवाबाट भुक्तानी गर्न सम्झौता हुँदैछ।

यो पनि पढ्नुहोस् को भाईरल, कस्ता भाईरल ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय