युएईले दिएको मुस्कान

पाल्पाका बेदप्रसाद १५ वर्षअगाडि हेल्पर कामको लागि यूएई आए । अहिले उनी यूएईको ठुलो मध्येको एक लुलु हाईपर मार्केटको एक डिपार्टको प्रमुख भएका छन् ।

त्यस्तै झापाका अशोक चापागाई, दाङका नरेश सेन हुन वा बर्दियाका प्रकाश कोइराला हुन् सबैको आफ्नो आफ्नो प्रगतिको कथाहरु छन् । साधारण मजदूरबाट काम थालनी गरेका यिनीहरु हाल कम्पनीको ब्यवस्थापकीय पदहरुमा कार्यरत छन् । उनीहरु हरेकको अनुहारमा मुस्कान देख्न सकिन्छ ।

यिनै मुस्कानहरु समेटिएको एउटा पुस्तक हो ुयुएइले बाँडेको मुस्कानु । वैदेशिक रोजगारीमा जाने नेपालीहरु सबैले दुस्ख मात्र पाएका छैनन्, खुसी पनि छन्, प्रगति पनि गरेका छन् र नेपालको ईज्जत धान्ने काम पनि गरेका छन् भन्ने सकारात्मक सन्देश दिने यो पुस्तकमा लामो समय यूएईमा रहेर साहित्य, समाजसेवा, पत्रकारिता, कलाकारिता आदि क्षेत्रमा नेपाल र नेपालीलाई योगदान दिएका संघर्षशील नेपालीहरुको कथाहरु समेटिएको छ ।

नेपालका राष्ट्रिय मिडियाहरुमा बिदेशका नकारात्मक समाचारहरुले बढी स्थान पाउने गरेका छन् । वैदेशिक रोजगारीमा गएकाहरुको मृत्‍युको कथाले प्रमुखता पाउने गरेको छ । नेपाली दुर्घटनामा परेको र बिरामी भएर बेसाहारा बनेको समाचारको भोको मिडिया मात्र हैनन्, पाठकहरु पनि त्यस्तै समाचार खोजी खोजी पढ्ने गर्छन् ।

के विदेश दुःखको मात्र सागर हो त ? के विदेश अमिलो आँशुको मात्र कथा हो त ? विदेश जानु भनेको आँशु बगाउन जानु हो ? हैन ।
विदेशको कमाइले परिवारमा अपार खुसी ल्याएको छ । विदेशको माटोमा कमाएको खुसीले बुवाआमा, श्रीमान-श्रीमती र छोराछोरीमा छाएको मुस्कान जीवनको लेखाजोखा गर्ने हो भने दुःख आफैं हराएर जान्छ । यस्तै कथाहरु बोकेको छ ‘युएइले बाँडेको मुस्कान’ ले ।

१० बर्षे द्वन्द्वकालमा कोही राज्यपक्षबाट पीडित बनेर बिदेसिए । कोही विद्रोही पक्षबाट लखेटिएर यूएई आईपुगे । तर जीवन सधैं त्यस्तै कहाँ रहिरहन्छ र ? जीवन त संघर्ष हो । अथक संघर्षका कथाहरुले ब्यक्तिको जीवनलाई दुःखबाट सुखमा लखेटेको छ । क्षमता र सीप भए तपाईंले सधैं दुःख पाइरहनु पर्दैन । यही सन्देश बोकेको कथाहरुको पुस्तक हो ‘युएइले बाँडेको मुस्कान’ ।

यूएईमा कार्यरत ४० जना नेपालीहरुको वास्तविक भोगाइ, अनुभव, अनुभुति, उपलब्धि र सुखद कथा समेटिएको पुस्तक हो यो । प्रगतिको कथा । सफलताको कथा । दुःखले सुख साटेको कथा । नकारात्मकता त्यागेर सकारात्मक बन्ने प्रेरणा दिने कथा । समग्रमा भन्दा मुस्कानको कथा । मुस्कान बाँडने कथा । आफ्नो नामझै काम गर्न सक्षम छ( युएइले बाँडेको मुस्कान ।

युएईमै कार्यरत पत्रकार रामप्रसाद ढुङगेल र साहित्यकार जे सागरले कथाहरु संयोजन र संकलन गरेका हुन् । अच्युत घिमिरे बुलबुलले परिकल्पना गरेको यो पुस्तक बुलबुल प्रकाशनले बजारमा ल्याएको हो । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपाली दुताबासमा आज शुक्रवार पुस्तकको विमोचन गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस् को भाईरल, कस्ता भाईरल ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय