विहिवार युएईको अबुधावीमा भएको मिनिबस दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये तीन जना नेपाली महिला रहेको पुष्टि भएको छ । मृत्यु हुनेहरुमा अमिसा मोक्तान( निजगढ नपा वडा नं.३ बारा), भावना कुँवर(प्यूठान) र कृष्ण कुमारी अधिकारी(झापा) रहेका छन् ।
दुर्घटनामा परेर श्रीलंकाकी एक महिला र पाकिस्तानी गाडी चालक पुरुषको मृत्यु भएको छ । विहिवार विहानै भएको सो दुर्घटनामा परेर घाइते भएका अन्य पनि नेपाली रहेका छन् । हाल युएईका विभिन्न अस्पतालहरुमा गरी १४ जना नेपालीको उपचार भइरहेको छ ।
