मलेशियामा रोजगारदाताले ठगे भनें उजुरी गर्नुः मन्त्रालय

मलेशियाले नेपालसँग श्रम समझदारी गरेको छ जसले नेपाली कामदार लिंदा स्वच्छ भर्ना प्रकृया अपनाउन मलेशिया सहमत भएको छ । के मलेशियाले सो समझदारी पालना गर्न यहाँको मानव संशाधन मन्त्रालयले अपेक्षाकृत ध्यान दिएको छ त ? त्यो भनें देखिन्न ।

मलेशियाको अनलाइन द स्टार लेख्छ, हामीले सुरक्षा गार्डको काम गर्ने एक नेपालीसँग कुराकानी गर्यौ । उनी दुई वर्षयता मलेशियामा कार्यरत छन् । उनी न त अंग्रेजी राम्रो बोल्न सक्छन् न त भाषा मलेशिया नै ।

उनले कुल १ हजार ७ सय रिंगिट मासिक तलव पाउँछन् ।  तर उनले दैनिक १२ घण्टा र  हप्तामा सातै दिन काम गर्नु पर्दछ । उनले सवै सावैजनिक विदामा पनि काम गर्नु पर्दछ, यदि उनी विदा बसेमा प्रतिदिन १ सय रिंगिट काटिन्छ । विदाको दिनमा काम गर्नु स्वयंसेवा हो जस वापत उनले कुनै अतिरिक्त रकम पाउँदैनन् ।

यदि मलेशियाको कानून अनुसार हेर्ने हो भनें उनले त्यति काम गरेवापत मासिक २ हजार ७ सय १६ रिंगिट मासिक तलव पाउनु पर्दछ । यो आधारमा हेर्ने हो भनें हरेक महिना १ हजार १६ रिंगिट कम तलव उनले पाइरहेका छन् जवकी ति नेपालीले उल्टै रोजगारदातालाई बस्ने तथा काम गर्न आउनेजाने यातायात सुविधा वापतको रकम तिर्नु परिरहेको  छ ।

समाचारमा लेखिएको  छ, यो केवल उनी एक्लैले भोगिरहेको समस्या होइन । अरु थुप्रै विदेशी कामदारले यस्तै समस्या भोगिरहेका छन् जवकी मलेशियाको कानूनले यसरी कुन पनि मुलुकका कामदारलाई शोषण गर्ने अनुमति दिंदैन । यसरी ठगिमा परेकाहरुले श्रम विभागमा उजुरी हाल्न सक्ने व्यवस्था भएपनि कामदारहरुलाई त्यस वारेमा थाहा छैन वा उनीहरु त्यसो गर्न हिच्किचाउने गरेको समाचारमा उल्लेख छ ।

यसैबीच मलेशियाको मानव संशाधन मन्त्रालयले यसरी कुनै रोजगारदाताले कामदारको शोषण गरेको भएमा श्रम विभागमा उजुरी दिन र न्यायका लागि अपिल गर्न आग्रह गरेको छ । द स्टारमा ति नेपाली श्रमिक शोषणमा परेको समाचार प्रकाशित भएपश्चात मन्त्रालयले विज्ञप्ती प्रकाशित गर्दै कामदारले न्यायको आवाज उठाउन सक्ने बताएको हो । मन्त्रालयले रोजगार ऐन, १९५५ अनुसार कामदारको अधिकार संरक्षण गरिएको र कुनै रोजगारदाताले शोषण गरेको भएमा श्रम विभागमा उजुरी गर्न आग्रह गरेको मलेशियाको सरकारी सञ्चार माध्यम बनर्माले जनाएको छ ।

यो पनि पढ्नुहोस २३ बर्ष मुनिका तीन युवाको उदाहरणीय व्यवसाय