अकस्मात मेसिन चल्दा एक नेपाली कामदारको मृत्यु

मलेशियामा एक ४७ बर्षिय नेपाली कामदारको मेसिनमा पर्दा मृत्यु भएको छ । ति कामदारको मासु काट्ने तथा पेल्ने मेसिनमा परेर मृत्यु भएको मलेशियाको अनलाइन द स्टारले जनाएको छ ।

मस्जिद तनाहमा गत सोमवार भएको घटनामा ति व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । मेसिनमा च्यापिएका ति नेपालीको शरिरको तल्लो भागमा नराम्रोसँग चोट लागेको र उनको  घटनास्थलमा नै मृत्यु भएको समाचारमा जनाइएको छ ।

ति नेपालीले मेसिन मर्मतको काम गर्दै गर्दा अकस्मात मेसिन चल्न पुगेपछि सो दुर्घटना भएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् कामदारको पासपोर्ट तीन महिना राख्न पाउने हाम्रो अधिकारः वैदेशिक रोजगार व्यवसायी

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय