साउदीमा भ्रष्टाचारको अभियोगमा पक्राउ परेका राजकुमार रिहा

दुवई, माघ १३-

साउदी अरवका अर्वपति राजकुमार अलवालीद बीन तलाल रिहा भएका छन् । साउदी सरकारले नै बन्धक बनाएका राजकुमार सहित अन्य रिहा भएको समाचार सार्वजनिक भएको छ । भ्रष्टाचारमा संलग्न रहेको आरोपमा पक्राउ गरेर एक होटलमा दुई महिनादेखि बन्दी बनाएर राखिएका उनीहरु रिहा भएका हुन् ।

तलालको परिवारलाई उधृत गर्दै रोयटर्सले उनी रिहा भएको खवर लेखेको हो । उनी रिहा भएर घर पुगेको समाचारमा उल्लेख छ । भ्रष्टाचारको अभियोग लगाइएपनि तलालले यसलाई ईन्कार गर्दै आएका थिए । यो साउदी राजकुमारहरुबीच शक्ति संघर्ष भएको अनुमान गरिएको छ । 

उनीसँगै पक्राउ परेर होटलमा बन्दी बनाइएका अन्यलाई पनि रिहा गरिएको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय