नेपाली महिलालाई बलात्कार गरिएको भनिएको मुद्धा आपसी सहमतिको यौन सम्वन्ध पुष्टि भएपछि …….. 

 

दुवई, मंसिर २४-

एक नेपाली महिलालाई बलात्कार गरेको अभियोग लागेका भारतीय नागरिकको कारावास सजाय ५ बर्ष घटेको छ । सुरुमा उनलाई १५ बर्ष जेल सजाय तोकिएको उनीहरु बीच आपसी सहमतिमै यौन सम्वन्ध भएको पुष्टि भएपछि कारावासको अवधि ५ बर्ष घटेको हो ।

सन् २०१६ जुलाईमा एउटा बाथरुम सफा गरिरहेको समयमा ति ४७ बर्षिय भारतीय नागरिकले आफूलाई बलात्कार गरेको भन्दै एक २५ बर्षिया नेपाली महिलाले सुरक्षा गार्डलाई जानकारी गराएकी थिइन् । उनले ति भारतीयले आफूलाई कुटपीट समेत गरेको बताएकी थिइन् । प्रहरीले पछि ति भारतीय नागरिकलाई पक्राउ गरेर मुद्धा चलाएको थियो ।

दुवई अदालतले सो सुनुवाईमा ति भारतीय नागरिकलाई दोषि ठहर गर्दै १५ बर्षको कारागार सजाय तोकेको थियो । ति भारतीय नागरिकले माथिल्लो अदालतमा गरेको अपिलमा उनीहरु बीच सहमतिमै यौन सम्वन्ध भएको पुष्टि भएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । त्यसैले ति भारतीय नागरिकको सजाय ५ बर्ष घटाइएको छ । 

यो पनि पढ्नुहोस् यी हुन् युएईमा आयोजित दोस्रो नेपाली म्युजिक भिडियो अवार्डका उपाधी जित्नेहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय