
काठमाडौं- भारतमा विश्वकै सानो जीएसएम फोन सार्वजनिक भएको छ । रुसी कम्पनी इलारीले यो फोन विश्वकै सानो जीएसएम फोन भएको दावी गरेको छ । यो फोन वेबसाइटबाट किन्न सकिन्छ । यसको मूल्य २ हजार ९ सय ९९ भारतीय रुपैयाँ पर्छ । यो फोन प्लाटिनम सिल्भर, रोज गोल्ड तथा ब्ल्याक रङमा उपलव्ध छ ।
यो फोनको नाम नानो फोन सी हो । यसको बडी आल्मुनियमबाट बनेको छ भने बोर्ड सिलिकनको छ । कम्पनीले यो भन्दा पहिले पनि यस किसिमको फोन सार्वजनिक गरेको थियो । यो फोनमा ब्लूटूथ सपोर्टका साथसाथै कल रिकर्ड गर्ने व्यवस्था पनि छ । यसमा म्याजिक भ्वाइस फंसनको व्यवस्था गरिएको छ । जसका माध्यमबाट आवाज बदल्न सकिन्छ । यो फोनमा १ हजार कन्ट्याक्ट स्टोरको व्यवस्था गरिएको छ ।
नानो फोन सीमा १ इन्चको टीएफटी डिस्प्ले राखिएको छ । फोनमा मिडिया टेक एमटी ६२६१ डी प्रोसेसर राखिएको छ । फोनमा ३२ एमबीको ¥याम छ । यसको इन्टरनल मेमारी पनि ३२ एमबीको छ । माइक्रो एसडी कार्डको माध्यमबाट यसलाई बढाएर ३२ जीबी सम्म पु¥याउन सकिन्छ । यसको ब्याट्रि २८० एमएएचको छ । यो क्षमताको ब्याट्रिले ४ घन्टाको टकटाइम दिन्छ ।