श्रीमान र छोरो विदेश पठाउँदा लागेको ऋण तिर्न विदेश

रञ्जना लम्साल-

हातमा पासपोर्ट बनाउने फारम, उमेर खासै धेरै नभएपनि अनुहारमा केहि चाउरीपन राम्रोसँग नकोरिएको कपाल तर आँखामा सपना उनको अर्थात परदेश जान तत्पर खुमीसराका लागि अव हुने विदेश यात्राको सपना ठूलै

खुमीसराका लागि बैदेशिक रोजगारको यात्रा रहर होइन वाध्यता हो मलेशिया गएका श्रीमानले बर्ष भयो खोजखवर नगरेको श्रीमान् वेखवर भए नै, त्यसपछि ऋण लिएर खाडी पसेको छोरो पनि उसैगरी चुँडिएको चंगा झैं विलायो त्यसैले अव कमाउन हिंड्ने पालो आएको स्वयं खुमीसराको

भनिन्छ नी लहरोले पहरो तान्छ खुमीसराको जीवनमा पनि त्यहि हुँदैछ सुरुमा श्रीमान मलेशिया गए उनी जाँदाको ऋण तिर्न थप ऋण लिएर खाडी पसेको छोरो पनि उतै हरायो खुमीसरालाई थाहा बिदेशको यात्रा सजिलो छैन तर घरमा १५ बर्षकी छोरी पाल्नुपर्ने बाध्यता उनलाई त्यो भन्दा पनि ठूलो बाध्यता उनलाई बाउछोरा विदेश जाादा लागेको ऋणको एक्लो भागीदार हुनु

एकातिर ऋण तिर् भन्ने साहुको वचनबाट आहत भइरहेकी उनलाई अर्कातिर एजेण्टहरुले बिदेश जान प्रोत्साहित गरेका छन् त्यसैले परिस्थीतिले जा जा भनिरहेको विदेशले आइज आइज भनिरहेको अवस्थाकी खुमीसरा कहिले एक्लै बोलिरहन्छीन् कहिले निरास कुरा गर्छिन्

बर्ष अगाडी छोराछोरी साना थिए परिवार चलाउन मुस्कील थियो त्यहि अवस्थामा परिवारको लालनपालनका लागि उनका श्रीमान मलेसिया हिंडे तर घर परिवार पाल्ने पैसा कमाउन, छोराछोरीको भविष्य बनाउन भन्दै गएका उनका श्रीमान्ले खै किन हो चटक्कै माया मारे गएको ÷ बर्षसम्म फोन सम्पर्क भयो तर कमाई छैन पैसा पठाउन सक्दीन आफ्नो बाटो गर भन्ने गरेका उनी त्यसपछि हराए खुमीसरालाई लाग्छ, नेपालमा हुँदा त्यस्ते स्वभावका नरहेका उनका श्रीमान् भौगोलिक रुपमा टाढा पुगेपछि माया पनि टाडियो होला बैंस मारेर बसेकी उनी अव तिनै श्रीमान् हुर्केको छोरोले समेत वेवास्ता गरेपछि भविष्य दाउमा राखेर विदेशिन तम्तयार छिन् उनलाई थाहा छैन त्यो दाउले उनको भविष्य बनाउँछ वा बिर्गाछ तर पनि उनमा आशाको किरण वाँकी नै उनको

घरको आश भएन नै, माइतीको पनि भर पर्ने अवस्था छैन उनलाई त्यसैले विदेश हिंड्न ठिक्क परिरहँदा उनलाई घरमा रहेकी १५ बर्षकी एक्ली छोरीको चिन्ता छरछिमेक, नातागोताका मान्छे सवैले अव विदेश गएर कमाए मात्र ऋण तिर्न सक्छेस् भनेपछि उनी पासपोर्ट बनाउन तयार भएकी हुन्   

हुन सरकारले घरेलु काममा खाडी मुलुकमा महिलालाई जान रोक लगाएको पनि महिना भन्दा बढि नै भएको तर यहाँ यस्तै समस्यामा परेका खुमीसराहरु छन् जसलाई सरकारको त्यो नियमले कुनै थुनछेक गर्न सक्दैन उनीहरुका लागि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ढोका बन्द भएर के भो ? दक्षिणको बाटो खुमीसराहरुका लागि खुल्लै अझ पैसा समेत तिर्नुनपर्ने भनेपछि यहाँ समस्यले पिल्सिइरहेकी खुमीसरालाई कमाउन जाने एकमात्र सहज बाटो त्यहि भएको त्यसैले पासपोर्ट हात परेपछि उनी भारत हुँदै विदेश उड्न मानसिक रुपमा तम्तयार छिन् उनलाई त्यहाँ आइपर्ने समस्याका बारेमा जानकारी गराउँदा केवल उनी चुप लागेर सुनि मात्र रहिन् सायद यहाँ खेपिरहेको दुःखलाई त्यो सम्भावित दुःखसँग तुलना पो गर्दै थिइन् की उनी ?

यस्तै खुमीसराहरुबाट आएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानिएको तर उनीहरुको सुरक्षा भविष्यको जिम्मेवारी कसको हो ? बैदेशिक रोजगारलाई ब्यवस्थीत, उपलब्धीमुलक मर्यादित बनाउने जिम्मेवारी कसको ? घरेलु काममा जान लगाएको बन्देज के यसको समाधान हो ? हो भनें किन अहिले पनि खुमीसराहरु गइरहेकै छन् ? हो, उनीहरुको तथ्याँक हुन्न उनीहरु कहँ छन् भनेर भोलीका दिनमा खोज्दा भेटिने छैनन् तर के राज्यले चाहेको त्यहि हो ? होइन भनें यसलाई व्यवस्थीत गर्ने तर्फ किन सोचिदैन ? 

हामी सामाजिक लागतको कुरा गर्छौं बिदेशबाट पठाएको रकम घरमा बसेका महिलाले उडाए भन्ने समाचारले ब्यापकता पाईरहँदा बर्षौंदेखी त्यहि श्रीमानको प्रतिक्षामा बसेका महिलाहरु किन अटाउँदैनन् समाचारमा ? अनी श्रीमान्ले यसरी नै समस्यामा पारेर विदेशिन बाध्य भएकाहरुका बारेमा किन हामी सोधिखोजी गर्दैनौं ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय