भुत मेला !

 

सिरहा- सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भुत मेला लाग्यो। कात्र्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका साथ मेला लागेको हो।

मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका लाखाौ‌ मानिसले सिरहा र धनुषा स्थित कमला नदीमा स्नान गरेका छन्। धामी झाक्री बन्ने विश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देबीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास छ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलामा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ।

स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराईु भन्ने गरिएको छ। आफनो गाउँमा धामीहरुलाई डोर्‍याएर कमला र गंगासागर स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादव शरिरमा देउता चढ्नेहरुलाई यहाँ ल्याउने गरिएको बताउँछन्। 

तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगताु भन्ने गरिन्छ। पवित्र नदीमा प्रथम स्नान गर्ने धामी झाक्रीसँग आशिष थाप्ने श्रद्धालुहरुको संख्या पनि उल्लेखनीय रहने गरेका छन्। देउता खेल्दै आएका महिला पुरुषहरु कमला नदीमा स्नान गरी घर फर्किन्छन्। मुख्यतः ग्रामीण भेगका अशिक्षितका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुको संख्या ठूलो रहेको छ। अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय