हर्षिकाको कमव्याक 

काठमाडौं- हिरोइन हर्षिका श्रेष्ठ अभिनीत एक दर्जन फिल्म रिलिज भए । तर, दुःखका साथ भन्नुपर्छ, कुनै फिल्मले बक्स अफिसमा जादु देखाउन सकेनन् । त्यति मात्र होइन, उनकै अभिनयले पनि तारिफ कहिल्यै पाएन । कामचलाउ हिरोइनको छवि बन्यो । फिल्मबाट उभो लाग्ने नदेखेपछि विवाह बन्धनमा बाँधिइन् । अक्सर हिरोइन ‘रियल लाइफ’मा दुलही बनेपछि फिल्मबाट बिदा लिन्छन् । तर, हर्षिका भने दुई वर्षपछि फेरि फिल्ममा देखिने भएकी छन् । उनको मुख्य भूमिका रहेको फिल्म कुसुम २६ जेठमा प्रदर्शन हुँदैछ । रेखा थापा र करिश्मा मानन्धरलाई छोड्ने हो भने विवाहित अभिनेत्रीको खास प्रगति भएको पाइन्न । त्यसमाथि हर्षिका त अविवाहित हुँदा पनि ‘लाइमलाइट’मा थिइनन् । अनि, कुसुममा उनी नवनायक मुकुन्द बोगटीको अपोजिटमा छन् । अब के कुसुुमले हर्षिकाको मुहारमा मुस्कानको बहार ल्याउला ? 

नेपालबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/C9xZLuwltyU?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय