एनआरएनए, युएई कार्यक्रमको होहल्ला, नियोजित की अपेक्षित ?


हेमन्त पौडेल, युएई
पूर्ण चुनावी परम्पराबाट आएको एनआरएनए, युएईको वर्तमान कार्यसमितिले बिभिन्न बिरोध र समस्याका बाबजुद पनि जनसरोकारका बिषयमा तुलनात्मक रुपमा अरु कार्यसमिति भन्दा धेरै राम्रा काम गरेर अगाडी बढिरहेको स्पष्ट छ । केहि स्पोन्सर र आफनो गोजीबाट पैसा खर्च गरि मुलत उद्दार र जनचेतनामूलक काममा एनआरएनए, युएई अत्यन्त मेहनतका साथ लागिपरेको छ ।

हुनत कतिपयले यस संस्थाले गरेका काम र भनिएका कुरामा प्रतिवाद नभएको होइन । संस्थामा पनि कहिंकतै अवश्य पनि कमजोरीहरु पक्कै पनि होलान । कमजोरी सबै तिर हुन्छन । खोजिनीति गर्दै गएमा प्रसस्तै भेटिएलान् पनि । तर पनि नकारात्मक कुरा खोतलखात पार्दै तिनिहरुलाई छरपष्ट पार्ने काम गर्नुपर्छ जस्तो मलाई चाहिं लाग्दैन ।कतिपय कमजोरीहरु काम गर्न नजानेर भएका छन् अनी कतिपय नसकेर । कतिपय कामका लागि आर्थिक अभाव भएको छ, कतिपयमा काम गर्ने सवालमा अन्य समस्या तगारो भएका छन् । वर्तमान कार्यसमितिले सुरु देखि नै युएईमा रहेका श्रमिकहरुको पक्षमा सकेको काम नियमित रुपमा अत्यन्त मेहनतका साथ गरि नै रहेको छ भन्दा अत्युक्ति नहोला । धेरैजसो अवस्थामा आफ्नै गोजीको रकम हालेर गरिएको समाजसेवालाई खोट लाउने कुरा पनि भएन । त्यसैले एनआरएनए, युएईले गरेका धेरै काम असल छन् जसका लागि हामीले धन्यबाद दिनै पर्छ ।

समस्याहरुका बावजुद गत नोभेम्वर १८ तारिकका दिन एनआरएनए, युएईले आफ्नो वार्षिक भेला आयोजना ग¥यो । सो कार्यक्रममा बैदेशिक रोजगारमा आउने श्रमिकका विषयमा प्रत्यक्ष सरोकार राख्ने निकायका प्रतिनिधिहरु समेत सहभागि थिए । उनीहरुले अव पनि जनताको पक्षमा काम नगरे जनताको आक्रोसको तारो कसरी बनिन्छ भन्ने सन्देश लिएर फर्केका छन् । सरकारी निकाय जनताको सेवा गर्न बसेका हुन् । त्यसैले तिनिहरु जनाताप्रति उत्तरदायी हुनै पर्दछ । उनीहरुको व्यवहारमा सुधार आउनै पर्दछ । त्यहि सन्देश नोभेम्वर १८ को कार्यक्रमले पनि दिएको छ ।

त्यस दिनको कार्यक्रममा म पनि वक्ता रहेछु । तर त्यहाँ मैले बोल्नु पर्ने धेरैजसो कुराहरु कार्यक्रमका सहभागिहरुले नै उठाइसकेका कारण मैले त एनआरएनएन, युएईलाई धन्यवाद मात्र दिए पुग्यो । किनकी कार्यक्रममा बोल्ने क्रममा अध्यागमन विभागका निर्देशक बासुदेव घिमिरेको मन्तव्यकै क्रममा भएको सवाल जवाफले अवैधानिक रुपमा हुने सेटिङ, त्यसले निम्त्याएको समस्या लगायतका विषयहरुमा प्रसस्त सवालजवाफ भइसकेको थियो ।

सो कार्यक्रममा घिमिरेको मन्तव्यसँगै सुरु भएको वादप्रतिवादले नेपालमा भइरहेको र युएईमा देखिएको धेरै समस्यालाई छताछुल्ल पार्यो । त्यहाँ नेपालमा श्रम स्वीकृति दिने, एयरपोर्टबाट दिइने उडान ईजाजत देखि हुण्डी र अवैध सुनको व्यापार गर्नेसम्मका कुरा त्यहि उठे । बैदेशिक रोजगारीको नाममा मानव ओसारपसार गर्ने र तिनै मान्छे सार्वजनिक कार्यक्रमहरुमा समाजसेवीको नाममा खादा ओढ्न जाने गरेको कुरा पनि उठेका थिए । त्यसैले सुध्रिनु पर्ने सरकारी जिम्मेवार निकाय मात्र होइन समाजसेवीका नाममा प्रवासमा गोरखधन्दा चलाइरहेका नेपाली उत्तिकै छन् ।

सो कार्यक्रममा प्रविनकाजी श्रेष्ठले उठाएको सामाजिक सम्मान पाउन सरकारी कर्मचारीले सार्वजनिक कार्यक्रममा चिल्ला र मिठा कुरा गर्ने तर व्यवहारमा बेवास्ता गर्ने कुरालाई गरेको टिप्पणीले यथार्थ बोलिरहेको थियो । कान्छा डल्सले उठाएको अवैध तस्करीको विषय उत्तिकै घतलाग्दो थियो । एयरपोर्ट सेटिङका बारेमा सिपि सापकोटाका साथै उत्तम अधिकारी तथा अन्य केहि दिदिबहिनिको तिव्र विरोध रह्यो । तर त्यहि भेलामा देखिएको एउटा रोचक कुरा चाहिं आफू नबोल्ने तर अरुलाई बोल्न उक्साउने पनि थिए । यो कसैबाट छिपेको कुरा छैन ।

सो कार्यक्रममा एउटा बुझिएको विषय के हो भनें हामी नेपाली आफ्नो राजनीतिक विचार मिल्दैन भनें जस्तोसुकै कार्यक्रम पनि विथोल्न अगाडी सर्दछौं । हो, एनआरएनए, युएईको कार्यक्रममा पनि त्यस्तै भयो । राजनीतिक संगठनको छाता ओढेका केहि व्यक्ति कार्यक्रम असफल बनाउन जुटेकै थिए । त्यसैले पूर्वाग्रहरी ढंगमा उनीहरु उत्रिएका हुन् । यदि केहि साथिहरुले यसलाई प्रष्ट भाषामा ईंगित गर्दै चर्को स्वरमा त्यसको विरोध नगरेको हुन्थ्यो भनें भीडले जस्तोसुकै अवस्था निर्माण गर्न सक्दथ्यो ।

एकातिर अध्यागमन विभागका निर्देशक घिमिरेको भनाईले माहौल उग्र बनायो । अर्कातिर सरकारी निकायमा लामो समयावधि विताएका श्रम मन्त्रायलका सहसचिव गोविन्दमणि भूर्तेलले परिस्थीति बुझेर चिल्ला कुरा गरेर उम्किए । हुन त आम श्रमिकको गुनासो अध्यागमन विभाग भन्दा कम श्रम मन्त्रालय र त्यस मातहतका निकायसँग छैन । यो कुरा बुझेका सहसचिव भूर्तेलले त्यहाँ उपस्थीत मान्छेले जे सुन्न चाहन्थे, त्यहि कुरा बडो मिठो ढंगमा बोले । उनले ताली पनि खाए र मख्ख पार्दै र मख्ख पर्दै स्वदेश फर्किए । तर यसको अर्थ श्रम मन्त्रालयले गरिरहेका काम सोह्रै आना श्रमिक पक्षिय छन् वा गर्न नसकिएका काम गर्नै नसकिने खालका हुन भन्ने पनि होइन । यदि श्रम मन्त्रालयले चाहने हो भनें धेरैकुरा गर्न सकिन्छ । दशैैतिहारमा छुट्टीमा आउने नेपालीको संख्या ठूलो हुन्छ भन्ने बर्षैपिच्छे बुझेको श्रम मन्त्रालयले जव त्यसलाई व्यवस्थीत गर्न कहिल्यै चासो दिंदैन, उपल्ला सरकारी अधिकारी बोलाएर, उनीहरुका चिल्ला भाषण सुनेर थपडी बजाउनुको के अर्थ ?

कार्यक्रममा बोल्ने एनआरएनए, आईसिसिका भवन भट्ट, मध्यपुर्व संयोजक डिबि छेत्रीसँगै टिबि कार्की लगायतले मध्यपुर्व र बिश्वभरि छरिएर रहेका श्रमिकको पक्षमा एनआरएनए जहिल्यै साथमा छ भन्ने कुरा प्रष्ट्याउन खोजेको देखिन्थ्यो । त्यो साथ युएईमा पछिल्लो कालमा श्रमिकले अनुभूत गर्नेगरी देखिएको छ । युएईमा यो अझ बढोस् र अन्य देश जहाँ श्रम गर्न पुगेका नेपालीको संख्या अधिक छ, त्यहाँ पनि विस्तार होस्, शुभकामना ।
(पौडेल नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशिल मँच, युएईका अध्यक्ष हुन)

कार्यक्रमको भिडियो हेर्नुहोस्

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/5Hednge-z-E” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: