
सुदिप निउरे, क्वालालमपुर
अबैधानिकरुपमा बसेर काम गरि रहेका आप्रवासी कामदारलाई मलेसिया सरकारले बैधानिक बन्ने मौका दिएको छ । बैधानिक बन्ने मौका अर्थात् सिक्स पी कार्यक्रम खुल्ला भएपछि बैधानिक बन्न नसकिरहेका नेपाली लगाएत आप्रवासी कामदार लाभान्वित हुने छन् ।
यहि फेब्रुवरी १५ तारीख देखि अबैधानीक कामदार बैधानिक बन्नको लागि प्रक्रियामा आउन सक्ने यहाँका गृह तथा उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहिद हमीदीलाइ उध्रित गर्दै द सन् अनलाइनले खबर प्रकाशित गरेको छ ।
सिक्स पी नामक प्रक्रियाबाट अबैधानीक कामदारलाई बैधानिक बनाईने गृहमन्त्री हमीदीले बताए । अबैधानिक आप्रवासी कामदारले अब दलालको सहयोग् बिना अनलाइन मार्फत् पनि आबेदन दिन सक्ने बताइएको छ । आफुलाइ रोजगार दिईरहेको रोजगारदाता वा आफु स्वयमले पनि अनलाइन मार्फत् प्रक्रियामा जान सके खर्च कम लाग्ने यहाका सन्चार माध्यमले जनाएका छन् । करिब २० लाख आप्रवासी अबैधानिकरुपमा काम गरिरहेको मलेसिया सरकारको अनुमान छ ।
सन् २०११ पछि अबैधानिक आप्रवासीलार्इ बैधानिक कामदारको हैसियत दिन मलेसिया तयार भएको हो । यसअघि अबैधानिक कामदारलाई घरफिर्तीको अवसर प्रदान गरेको मलेसियाले थप सुबिधा प्रदान गरी सिक्स पी कार्यक्रम खुल्ला गरेको हो ।
सिक्स पी योजना कहिलेसम्म जारी रहने छ भन्ने बारे केहि खुलाइएको छैन । यसका लागि कति शुल्क लाग्ने हो भन्नेबारे केहि पनि खुलाइएको छैन ।
शुल्क बुझाएको निश्चित केहि समय भित्र सम्बन्धित कामदारले उ बाट संकलीत डाटा बमोजिम एक डिजिटल कार्ड प्राप्त गर्ने बाताइएको छ । उक्त कार्ड एक प्रकारको अस्थायी अनुमती पत्र हो । कार्डको अबधि तोकिएको हुन्छ । तोकिएको अबधिभित्र नया एमआरपी बनाएर भिजा लगाई सक्नु पर्ने हुन्छ । नया एमआरपी बनाउदा , भिजा , बार्षिक लेबी , ईन्सुरेन्स लगाएतको रकम अलग अलग तिर्नु पर्ने हुदा तोकिएको अबधिमा एकजना कामदारको ५ हजार आरएम् भन्दा बढि खर्च हुने देखिन्छ । डिजिटल कार्ड प्राप्त गरेका कामदारले प्रहरीको हैरानी खेप्नु पर्ने छैन ।