चेलीको कामना

लगाई दिन्छु मखमली सयपत्री निधारमा ।
पुजी कन अंग अंग दाजूभाइ लाई तिहारमा ।

यमदूतनै आए पनि बाचा अड्चन हटाउनेछु !
तेलपानीको घेरा लगाई ओखर फोरी संघारमा ।

जून जस्तै चम्किएर घाम जस्तै लम्किएर 
कर्म गरुन् राम जस्तो बुद्ध बनुन् बिचारमा ।

गरिब दु:खी बिहिन एउटा धर्ती स्वर्ग रचाउन 
मेरै दाजूभाईका पाईला अग्र बनुन् संसारमा ।

मै चेलीको आराधना सुनिकन भगवानले 
दिउन् संधै सुख शान्ति हाँसो खुशी मुहारमा ।

-रोमा पौडेल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय