आजै फर्कौ जस्तो लाग्छ

मनको चाह मारि मारी कति बस्नु परदेशमा 

आजै फर्कौ जस्तो लाग्छ आफ्नै प्यारो घर देशमा

सोच्न पनि सक्दिन दिमाग मेरो भारी भो

कति याद आको होला सम्झनाले मारी गो

किन आउंछ दशै तिहार परदेशीको आँखामा

कति गाउनु टोलाउंदै बिरहको भाकामा

उल्लास र उमंग छाउनु पर्ने बेलामा

साथी संगी मान्यजन र परिवारको भेलामा

एक्लै बसि आँशु झार्दै सम्झंदै गाउँघर

कामै कामको खात माथी के दशै के को तिहार

आज भोली भन्दा भन्दै बिते कति बर्ष

चाड पर्ब आउंछ जान्छ के खुसी के को हर्ष

न त साथमा परिवार छ न छु आफ्नो देशमा

न त पाउंछु रातो टिका न जमरा केशमा

मनको चाह मारि मारी कति बस्नु परदेशमा 

आजै फर्कौ जस्तो लाग्छ आफ्नै प्यारो घर देशमा

दिपक पुडासैनी

काठमाडौं, हाल दोहा कतार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय