मलेसियाबाट चेलीलाई चिठ्ठी 

बलराम भट्ट, मलेसिया 

घरदेश र परदेशमा छरिएर बस्नुहुने सम्पुर्ण नेपाली दिदिबहिनीहरुमा परदेशबाट मीठो सम्झना अनि धेरै धेरै माया भन्न चाहन्छु । सर्बप्रथम त हिन्दु नारिहरुको नजिकिदै गरेको महान पर्व हरितालिका तिजको अवसरमा सात समुद्र पारिबाट भए पनि हार्दिक शुभकामना ब्यक्त गर्दछु । साथै यस बर्षको तपाईहरुको तिज हर्षउल्लास अनि ऐतिहासिकरुपमा रमाइलो र सफलता सहित वितोस् भनी कामना गर्न चाहन्छु । 

तिज हिन्दु नारिहरुको बिशेषता अनि पहिचान बोकेको एक गौरवशाली पर्व हो । यो पर्वप्रति महिला दिदिबहिनीहरुको बिचार र भावना के छ त्यो त मलाइ थाहा छैन तर तिजको विशेषता र यहाँहरुले मनाउने शैलीका बारेमा यो पत्र मार्फत केही मेरा भावना र बिचार अनि सन्देश पस्कन चाहन्छु । झर्को नमानी स्वीकार्नु हुनेछ भन्ने पुर्ण आशा गरेको छु ।

हिन्दुहरुको विभिन्न पर्र्वहरु मध्ये तिज पर्र्व नारी विशेष पर्र्व हो । त्यसैले यो पर्र्वको अवसर पारेर नारीहरु एक आपसमा भेट्ने, रम्ने अनि रमाउने गर्छन् । विशेषत यो पर्र्व परापुर्बकालमा माता पार्वतीले शिवजी जस्तै पति पाउँ भनी कठोर व्रत र आराधना गर्दा शिवजी प्रकट भइ माता पार्वतीको माग पुरागरिदिएको कुरा पुरानो हिन्दु धर्म ग्रन्थमा हामी पाउँछौ । त्यही अनुरुप हिन्दु नारिहरुको तिज पर्व सुरुभएको हो । अविवाहित र बिवाहित दुवैले निक्कै हर्षउलासका साथ मनाउने यो पर्र्वमा अविवाहित नारीहरुले शिवजी जस्तै वर पाउँ भनी व्रत आराधना गर्छन् भने बिवाहित महिलाले चाहिं आफ्नो पतिको स्वस्थ र दिर्घायुको कामनाका लागि व्रत आराधना गरिने प्रचलन छ ।

तिज पर्व आफैंमा एउटा मौलिकता बोकेको पर्र्व हो । यसको विशेषता अनि मनाउने शैली एकदम राम्रो थियो हिजोका पुस्तालाई हेर्दा । हुनत अहिले पनि तिज मनाउने शैली नकारात्मक छ भन्न खोजेको होइन । तर हिजोको तिज र आजको तिज मनाइने तरिका धेरै फरक भइसकेको छ । थोरै औपचारिकता पूरा गरेको झै गरिन्छ अनि धेरै चाहिँ आफ्नै शैलीमा मनाउने प्रवृत्ति आएको मैले पाएको छु । अझ भन्ने नै हो भने तिज पर्व नारिहरुले आफ्नो सौन्दर्यता र गरगहना प्रदर्शन गर्ने मेलाको रुपमा देखिन थालेको छ । यो बडो दुखद कुरो हो । चाहना अनुसारको गहना नपाउँदा त्यही बिषयलाई लिएर घर झगडामा सक्रिय रहि अन्ततः आफ्नो श्रीमानसँग सम्वन्धविच्छेदको बाटोसम्म पुगेका केही नारीलाई मैले देखेको छु । अहिले धेरैजसो नारि तिजलाई भन्दा पनि गहनालाई मान्यता दिएको हामी पाउँछौ । जब तिज नजिकिदै आउँछ अनि घरमा गनगन सुरुहुन्छ ! गरगहना र देखावटी तडकभड्कमा लागिपरेका नारिले एउटा कुरा भुसुक्कै बिसिएका छन् । परिवारको आयस्रोतले आफ्नो चाहनालाई पूरा गर्न सक्छ त भन्ने कुराको बिचार गर्ने भुलेका हुन्छन् । यसले परिवारमा खुसी थप्दैन, समस्या निम्त्याइरहेको छ । 

तिज पर्बको बिकृती र समस्या यति होइनन् । तिज विशेष गित संगीतमा पनि बिकृतिले जरो गाडेको छ । पहिलेको गितमा नारिको अवस्था, घर अनि माइतीको बेदना र अनि साथिसंगीसँग साटिने खुसीका कुराहरु समेटिन्थ्यो । तर अहिलेको गितमा त्यो हुदैन । माया र पिरतिका कुरा आउन थाल्यो । मलाई बडो ताजुक लाग्छ तिज बिषेशको गित भए पछि तिजसँग सम्बन्धित भएर गाउनु पर्यो नि कलाकार दिदिबहिनीहरुले, माया पिरतिका गित त अरुबेला गाए पनि भइहाल्छनी ! समस्या त्यतिमात्र होइन तिजमा कतिपय महिला दिदिबहिनीहरु नसकी नसकी लामो समय निराहार व्रत बस्छन् जसले गर्दा आफ्नो स्वाथ्यमा असर पर्नगई ग्याष्टिकको सिकार हुनु पर्ने हुन्छ । नखाएर धर्म हुन्छ भन्ने कुरा कुनै पनि धर्म शास्त्रमा लेखिएको छैन । मात्र चोखो खानु स्वाच्छ हृदयले आराधना गर्नु भनेको छ । त्यसैले धर्म र तिजका पक्षमा रहेका रुढीबादी परम्परालाई हटाउँदै धर्म र तिजका मौलिक परम्परा, रितिरिवाजलाई जोगाउँदै आगामी पुस्ताका नारिहरुले पनि तिजको मौलिक परम्पराको अनुभव गर्ने खालको हा्स् भन्दै २०७२ सालको तिज तपाईका लागि विशेष तिज बनोस्, शुभकामना । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय