कामदारको माग अरु मुलुक जान थाल्योः व्यवसायी

काठमाडौं, असार २४- सरकारले एकतर्फी निर्णय गरी निःशुल्क भिषा र निःशुल्क टिकटमा मात्र कामदार पठाउने निर्णय गरेपछि नेपाल आउने कामदारको माग अन्य मुलुकतर्फ जान थालेको बैदेशिक रोजगार व्यवसायीले तर्क गरेका छन् । यसले नेपाली कामदार अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको उनीहरुको भनाई छ । बैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले श्रम तथा रोजगार मन्त्रालयले अकस्मात गरेको निर्णयका कारण नेपाली कामदार समस्यामा परेको बताए । उनले मन्त्रालयले निर्णय तत्काल नसच्याए यसले नेपाली कामदा।का लागि दिर्घकालिन असर पर्ने बताए । हामी निःशुल्क भिषा र निःशुल्क टिकटका पक्षधर हौं र हामीले विगत देखि नै यस्तो व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका हौं । तर त्यसका लागि आवश्यक पर्ने तयारी नगरी सरकारले हचुवाका भरमा गरेको निर्णयले समग्र बैदेशिक रोजगार व्यवसायमा मात्र नभई नेपाली कामदारलाई समेत असर पर्ने भएकाले यसको विरोध गरेका हौं खनालले भने । संघका अध्यक्ष विमल ढकालले पनि निःशुल्क भिषा र टिकटको व्यवस्थाको आफूहरुले सुरु देखि नै माग गरेपनि आवश्यक तयारी विना श्रम तथा रोवजगार मन्त्रीले जवर्जस्ती गरेर यो व्यवस्था सुरु गरेकोमा आफूहरुको विरोध रहेको बताए । यो निःशुल्क भिषा र टिकटको कुरा गरेर मलेसियामा बायोमेट्रिक लागु गराउने मन्त्रीको योजना हो, जसलाई हामी सफल हुन दिने छैनौं उनले भने । सरकारले गृहकार्य नगरी एकतर्फी रुपमा निःशुल्क भिषा र टिकटमा मात्र नेपाली कामदार पठाउने निर्णयको विरोधमा बैदेशिक रोजगार व्यवसायी कार्यालय बन्द गरेर आन्दोलनमा उत्रेका छन् । संघको नेतृत्वमा व्यवसायीले बुधवार वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय घेराउ गरेका थिए । व्यवसायीले आन्दोलन गरेपछि बुधबार संस्थागत श्रम स्वीकृतीको धेरै काम रोकियो। व्यक्तिगत श्रम स्वीकृतिको काम भए पनि संस्थागत काम नभएको विभागले जनाएको छ। यो पनि पढ्नुहोस् साउदीको तातो खाएर फर्केपछि नेपालमा गरेको लोभलाग्दो प्रगति

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय