खबर आयो,शव आएन

जिल्लाको पहाडी गाविसका युवाहरुको रोजगारीको गन्तब्यको स्थान भारत बनेको छ । रोजगारीकै शिलशिलामा साथीहरुसंग पहाडी गाविस वडा नम्बर ६ माझडाँडाका कुलप्रसाद आले(२९) पनि भारत गए । हप्तादिनमै बिरामी परेको खबर आयो । बिरामी परेको केही दिनमा मृत्यु भएको खबर आयो कुलबाहादुरका बुवा कर्णबहादुरले अबरुद्ध स्वरमा भने,‘छोराको दाहसंस्कार पनि भइसकेछ’ । कर्णबहादुर(५७) भन्छन्, खबरै नगरी परदेशको भूमीमा दाहसंस्कार गरेछन्, छोराको शव समेत देख्न पाइएन । छोराको मृत्यु भएको खबरले मर्माहत भएका कर्णबहादुरको परिवार शव समेत दाहसंस्कार गरिदिएपछि थप पीडामा परेका छन् । पाँच सन्तान मध्येका जेठो छोरा थिए कुलबहादुर । ‘सास देख्न नपाएपनि, लाश देख्न पाउनु पथ्र्याे’कर्णबहादुरले भने, किन जलाईयो त शव, ‘अरु कारणले मृत्यु भएको नभई हत्या गरिएको हुनुपर्छ’। कर्णबहादुरका साला दलबहादुर लुंगेलीले फोनबाट उनको मृत्युको खबर सुनाएका थिए । दलबहादुरले शवको दाहसंस्कार पनि गरिसकेको खबर दिएपछि कर्णबहादुर न्याय खोज्र्दै प्रहरी कार्यालय कावासोतिमा धाइरहेका छन् । गाउँकै झमनबहादुरले कुलबहादुरसंगै अन्य व्यक्तिहरुलाई पनि काममा लगाइने भन्दै भारत लगेको कर्णबहादुरको भनाई छ । उनका अनुसार, काममा लौजाने र तलब खुवाउने पनि झमन नै हुन् । पहाडी गाविस नरम लगाएत विभिन्न स्थानका युवाहरु रोजगारीका लागि भारतको विकट स्थानमा जोखिम मोलेर जाने गरेका छन् । कुलबहादुले भारतमा बाटो खन्ने र स्याउ टिप्ने काम गर्दथे । परिवारसंग फोन सम्र्पक गर्न खोज्दा नलागेपछि मामाको सल्लाहमा शवको दाहसंस्कार गरिएको झमनले बताए । लामो समयसम्म शव राख्न नहुने भएकाले दाहसंस्कार गरिएको उनको भनाई छ । कल्पना भट्टराई, नवलपरासी यो पनि पढ्नुहोस् ‘फर्कें, कमसे कम ज्यान त बच्यो’    

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय