तिमी आँशु पुछ्न आउ

तिम्रो नेत्तृत्वमा यो साल देशमा संविधान वनाउ । देशमा सल्वलाएका कुकर्मीहरूलाई सुमार्गको बाटो देखाउ । नयाँ वर्ष तिमी नेपाल आमाको आँशु पुछ्न आउ । देशमा चर्हाईरहेका घाउहरूमा मल्हमपट्टी लगाउ । महंगी वेरोजगारी र वन्द हड्तालको अन्त्य गराउ । हत्या हिंसा र वलात्कारको खेती निर्मुल नवाउ । नयाँ वर्ष तिमी समय सापेक्ष संविधान लिएर आउ । वेरोजगार युवाहरूलाई रोजगारीको ढोका खुलाउ । विदेशीएका युवाशक्तीलाई स्वदेश फिर्ने वातावरण वनाउ । शिक्षा, स्वास्थ्य, वत्ती पानीको लागि विदेशमा हात नफैलाउ । नयाँ वर्ष तिमी शान्तिको वहार लिएर आउ । जनताको गाली खाँदै सरकारको आयु मात्र नलम्व्याउ । काम गर्नेलाई गर्न देउ, नगर्नेलाई पन्छाउ । संकटैसंकटमा देश डुव्दा सवको मनमा गडेको छ घाउ । घऱभित्रै दन्केको जातियताको राँको छिट्टै साम्य वनाउ । नयाँ वर्ष तिमी नयाँ हर्ष लिएर आउ । नयाँ वर्ष तिमी शान्तिको वहार लिएर आउ । नयाँ वर्ष तिमी शान्तिको वहार लिएर आउ । सुभद्रा भण्डारी (थापा) हाल इजरायल

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: